Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामपुर नगरपालिकाको वित्तीय प्रगति ८७ प्रतिशत

रामपुर नगरपालिकाको वित्तीय प्रगति ८७ प्रतिशत

  • PNN Times
  • शुक्रवार, आषाढ २७ २०८२


  • रामपुर नगरपालिकाको वित्तीय प्रगति ८७ प्रतिशत

    असार २७, रामपुर । 
    पाल्पाको रामपुर नगरपालिकाले ८७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ मा रामपुर नगरपालिकाले चालु र पुँजीगत दुवै गरी ८७ प्रतिशत वित्तिय प्रगति हासिल गरेको हो ।
    चालु आर्थिक वर्षमा रामपुर नगरपालिकाले कूल ७४ करोड ११ लाख ४ हजार वजेट विनियोजन गरेको थियो । जसमा ६४ करोड ७१ लाख ४ हजार ५ सय ७४ रुपैया खर्च भएको छ । कूल बजेटको ८७ प्रतिशत खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले जानकारी गराउनुभयो । त्यसैगरी चालु आर्थिक वर्षमा पूँजीगत तर्फ १९ करोड १९ लाख १० हजार रुपैया वजेट विनियोजन भएकोमा १५ करोड १६ लाख ३४ हजार ५ सय ७४ रुपैया खर्च भएको छ । पूँजीगत तर्फ यो खर्च रकम ७९ दशमलव ०१ प्रतिशत हो । त्यसैगरी चालु बजेट तर्फ ५४ करोड ९१ लाख ९४ हजार रुपैया वजेट विनियोजन गरेको थियो । जसमा ४९ करोड ५४ लाख ७० हजार ६६.४८ रुपैया खर्च भएको छ । चालुतर्फ यो आर्थिक वर्षमा रामपुर नगरपालिकाको वित्तीय प्रगति ९० दशमलव २२ प्रतिशत हो ।
    गत आर्थिक वर्ष २०८०÷०८१ मा ८१ प्रतिशत वित्तीय प्रगति गरेको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ६.३१ प्रतिशतले बढि वित्तीय प्रगति भएको नगरपालिकाका लेखा शाखा प्रमुख सीता न्यौपानेले जानकारी दिनुभयो । गत आर्थिक वर्ष ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको थियो ।
    यो आर्थिक वर्षमा ३ सय ८९ वटा विभिन्न योजनाको काम सम्पन्न भएको योजना शाखाले जनाएको छ ।   नगरपालिकाको ४ सय ३ वटा योजना रहेकोमा १४ वटा योजना सम्पन्न नभएको जसमध्ये ९ वटा सम्झौता नभएको र ५ वटा सम्झौता भएर पनि काम नभएको उहाँले बताउनुभयो ।
    ठेक्का प्रक्रिया र उपभोक्ता मार्फत हुने योजना समयमै शुरु भई सम्पन्न भएका कारण यस वर्ष वित्तीय प्रगति गत वर्ष भन्दा बढी भएको प्रमुख प्रशासकीय अधिकृत पण्डितले बताउनुभयो । नगरपालिका भित्र सञ्चालन हुने योजनाहरुको अनुगमन र ताकेताका कारण पनि धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको उपप्रमुख तथा अनुगमन समितिका संयोजक बालकुमारी थापाको भनाई छ । साथै पटक पटकको अनुगमनले सञ्चालन भएका कार्यक्रम तथा योजना प्रभावकारी र गुणस्तरीय रहेको उहाँले बताउनुभयो । नगरबासीको सेवा सहजताका लागि घुम्ती शिविर मार्फत योजना सम्झौता, खाता खोल्ने एवम् भुक्तानीको व्यवस्था गरेको र वडाहरु मै प्राविधिक कर्मचारीको व्यवस्था गरेका कारण धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । योजना कार्यान्वयनका लागि सहजिकरण गरेका कारण पनि ठेक्का मार्फत भएका योजना सहज रुपमा समयमै सम्पन्न भएको नगरनगरपालिकाले उल्लेख गरेको छ ।

    शुक्रवार, आषाढ २७ २०८२०६:१९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend