Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जामा ४ जना कसुरदार पक्राउ, विभिन्न स्थानमा गाँजा फडानी

स्याङ्जामा ४ जना कसुरदार पक्राउ, विभिन्न स्थानमा गाँजा फडानी

  • गोपाल जिटी
  • मंगलवार, श्रावण ७ २०८२


  • साउन ६, वालिङ ।
    स्याङ्जामा विभिन्न मुद्दाका फरार ४ जना कसुरदार पक्राउ गरेको छ । विभिन्न मुद्दाका फरार ४ जना कसुरदार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
    पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका १ का हाल पोखरा महानगरपालिका १५ नयाँ गाउँ बस्दै आएकी मिना खाती रहेकी छन् । खाती बैंकिङ कसुरदार रहेको र रु.७ लाख २५ हजार जरिवानासहित १० कैद तोकिएको प्रहरीले जनाएको छ । यसैगरी चापाकोट ३ का अंशबण्डा कसुरदार हरिप्रसाद पौडेल, कृष्णप्रसाद पौडेल र यामाया पौढेल रहेका छन् । पक्राउ परेका कसुरदारहरुलाई सम्मानित जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालयको विज्ञप्तीमा उल्लेख गरिएको छ । 
    सम्मानित अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि आज जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले सम्मानित अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका मध्ये निम्न ४  (चार) जना फरार कसूरदारलाई  पक्राउ गरी कैद भुक्तान तथा जरिवाना असुलको लागि सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको हो ।गाँजा नष्ट २०८२।०४।०६ जिप्रका.JPG
    यसैगरी प्रहरीले जिल्लाका विभिन्न स्थानमा हरियो गाँजाका बोट फडानी गरेको छ । प्रहरी टोलीले स्थानीय समुदाय (स्थानीय तहका पदाधिकारीहरू,युवा क्लव,आमा समूह) सँगको सहकार्यमा स्याङ्जा जिल्लाका विभिन्न स्थानहरूमा अन्दाजी ११ हजार ५४ हरियो गाँजाको बोटहरू फडानी गरी नष्ट गरिएको हो ।
    अवैध लागू पदार्थ नियन्त्रण, समाजमा शान्ति सुरक्षाको प्रवद्र्धन, कानूनको कार्यान्वयन साथै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज जिल्लाका विभिन्न स्थानहरुमा हारियो गाँजाका बोट फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । २०८२।०४।०६ गते फरार प्रतिवादीहरू पक्राउ.jpg

    मंगलवार, श्रावण ७ २०८२०५:५३:१०

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend