मंसिर १६, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँणलाई मातृ शोक परेको छ ।
नगर प्रमुख खाँणकी आमा फूलकुमारी खाँणको मंगलबार ८६ बर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय फूलकुमारी खाँणको बुधबार बिहान रामनदीधाम राम्दीमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।
खाँण परिवार ग्रह्रौकोट राजखानदान अन्तरगतको परिवार हो ।