Logo

आइतवार, कार्तिक २ गते २०८३

images

रामपुरको बेझाँड बजारमा हाई मास्क लाइट जडान

रामपुरको बेझाँड बजारमा हाई मास्क लाइट जडान

  • PNN Times
  • शुक्रवार, श्रावण १७ २०८२


  • रामपुरको बेझाँड बजारमा हाई मास्क लाइट जडान

    साउन १६, रामपुर ।
    पूर्वी पाल्पाको व्यापारिक केन्द्र बेझाँड बजारमा हाई मास्क लाइट जडान गरिएको छ । बेझाँड बजार  चोक क्षेत्रमा हाई मास्क लाइट जडान गरिएको हो ।
    उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय लुम्बिनी प्रदेश मार्फत हाई मास्क लाइट जडान गरिएको हो । बजार क्षेत्रको सुरक्षा सँंगै सौन्दर्यकरणका लागि बजारको चोकमा लाइट जडान गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । विशेष गरी रातीको समयमा बजार क्षेत्रमा आवत जावत सहज गर्न र व्यापारिक सुरक्षाका लागि लाइटको व्यवस्था गरिएको उहाँले जानकारी गराउनुभयो । बजार क्षेत्रमा धेरै मानिसको आवागमन हुने र विभिन्न सम्भावित आपराधिक घटना हुन नदिन सुरक्षाको हिसाबले आवश्यक ठानेर बत्ति जडान गरिएको नगर प्रमुख थापाको भनाई छ । बजारमा स्वचालित हाई मास्क लाइट जडान गरिएको र उक्त लाइटको विद्युत महशुल नगरपालिकाले भुक्तान गर्नेसमेत उहाँले व्यक्त गर्नुभयो । 
    लाइट जडान सँगै रातको समयमा अवेरसम्म पसल व्यवसाय सञ्चालन गर्न र पसलको सुरक्षाका लागि सहयोग पुग्ने वेझाँड बजार चोकका व्यवसायी ढुंगाना स्टोर्सका घनश्याम ढुंगानाले बताउनुभयो । 
    रामपुर नगरपालिकाले माग गरे अनुसार उर्जा ,जलस्रोत तथा सिंचाई मन्त्रलाय लुम्बिनी प्रदेश मार्फत ६ लाख रुपैयाँ बराबरको लागतमा लाइट जडान गरिएको हो । १६ मिटर उचाई, प्रति वल्ब ३ सय वाट क्षमता रहेको ८ वटा गरी २ हजार ४ सय वाट क्षमताको लाईट जडान गरिएका छन् । यसबाट वेझाँड बजार चोक क्षेत्रका ३ सय मिटर वरपर सम्म उज्यालो हुने छ । जडान गरिएको हाईमास्क लाईट गर्मिको समयमा साँझ ७ बजे देखि विहान ५ बजे सम्म र जाडोको समयमा साँझ ६ बजे देखि विहान ६ बजेसम्म साथै आवश्यकता अनुसार स्वचालित रुपमा बल्न र बन्द गर्न सकिने छ ।IMG_3139.JPG

    शुक्रवार, श्रावण १७ २०८२०९:३८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend