Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान

वालिङमा लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान

  • PNN Times
  • बिहिवार, मंसिर १८ २०७७


  • वालिङमा  लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान

    मंसिर १८, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान शुरु गरेको छ । १९औँ अन्तरराष्ट्रिय अपांग दिवसका अवसरमा विहिबारदेखि नगरपालिकाले प्रतिवद्धता सहित लैंगिक हिंसा विरुद्ध हस्ताक्षर संकलन अभियान शुरु गरेको हो ।

    लैंगिक हिंसा विरुद्ध अन्त्यको प्रतिवद्धता व्यक्ति, समाज सबैको प्रतिवद्धता भन्ने नाराका साथ हस्ताक्षर संकलन शुरु गरिएको हो ।

    images

    129369948_4137413012952359_4100951958112716714_n.jpg

    लैंगिक हिंसाको अन्त्य हुनुपर्ने भन्दै सबैले समाजमा सम्मानपूर्ण बाँच्न पाउने अधिकार भएकाले लिंगका आधारमा हुने सबैखाले हिंसा निरुत्साहित गर्न हस्ताक्षर संकलन शुरु गरिएको नगरपालिका उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।

    नेपालको पितृसत्तात्मक समाजमा अझै पनि छोरा र छोरीलाई गरिने व्यवहार, महिला माथि हुने हिंसाको अन्त्य हुन नसकेको उपप्रमुख तिवारीले बताउनुभयो । उहाँले आफुले हिंसा नगर्ने र अरुलाई पनि गर्न नदिन प्रणय गर्न आग्रह गर्नु भयो ।



    बिहिवार, मंसिर १८ २०७७०८:०६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend