Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामपुरले खुला तीज गीत प्रतियोगिता ग¥यो

रामपुरले खुला तीज गीत प्रतियोगिता ग¥यो

  • PNN Times
  • बिहिवार, भाद्र ५ २०८२


  • रामपुरले खुला तीज गीत प्रतियोगिता ग¥यो

    भदौ ५, रामपुर
    पाल्पाको रामपुर नगरपालिकाले खुल्ला तीजगीत प्रतियोगिता सम्पन्न गरेको छ ।  हरितालिका तीजको पूर्व सन्ध्यामा बुधबार रामपुर नगरपालिकाले उप–प्रमुख तीज विशेष कार्यक्रम अन्तर्गत खुला मौलिक तीज गीत प्रतियोगिता आयोजना गरेको थियो । 
    नगरपालिकाको प्राङ्गणमा भएको प्रतियोगितामा विभिन्न  संघ संस्था तथा समूह बाट गरी १५ समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा रामपुर अंग्रेजी आवाशीय माध्यमिक विद्यालयको अनिसा रानाको समूहले प्रथम स्थान हासिल गरेको छ । 
    यसैगरी नेपाल विद्यार्थी संघ शहीद बहुमुखी क्याम्पस शशी ढकालको समूह द्वितीय, क्षत्री समाज समूह तृतीय र नव दुर्गा आमा समूह दुर्गा भट्टराईको टीम सान्त्वना भएको थियो । 
    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल समूहलाई क्रमश नगद रु.३० हजार, २० हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । विजेता समूहलाई राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटा, नगरप्रमुख रमणबहादुर थापा र उपप्रमुख बालकुमारी थापाले संयुक्तरुपमा पुस्कार प्रदान गरेका थिए ।IMG_4057.JPG 
    प्रतियोगीहरुले नगरको वर्तमान अवस्था, सम्भावना तथा विकासका कार्यलाई गति दिन चाल्नु पर्ने कदम, नागरिकको भूमिकासहित महिला अधिकार, नारीको वेदना, महिला हिंसा, वैदेशिक रोजगारले समाजमा देखिएका समस्या लगाएतका विषय समेटेका थिए । 
    कार्यक्रमको समुद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटाले वर्तमान संविधानले कुनै पनि विभेद नगरेको बताउनुभयो । उहाँले अधिकार सम्पन्न हुँदाहुँदै पनि केही पुरुषहरुले धर्म छाड्दै गर्दा महिलाहरु विभेदमा परेको उल्लेख गर्नुभयो । ‘विगतमा पुरुषहरुले आफ्नो अनुकुल कानुन निर्माण गरेकाले महिलाहरु पछि परेपनि वर्तमान संविधान र व्यवस्थाले महिलाहरुलाई अधिकार सम्पन्न बनाएको छ’ उहाँले भन्नुभयो । संघियता कै कारण जनताको घर दैलोमा सिंहदरबार आएको छ ।’ सापकोटाले हाम्रो धर्म, संस्कार संस्कृतिलाई कहिल्यै भुल्न नहुने धारणा राख्नु भएको थियो । यसैगरी उहाँले विश्वमै शालिग्राम पाईने एक मात्र नदी कालीगण्डकीको संरक्षण गर्नु आवश्यक रहेको औंल्याउनुभयो । उहाँले कालीगण्डकी र शालिग्रामको संरक्षणका लागि डाईभर्सनको विरुद्धमा स्थानीय जनताको साथमा रहेर सदनमा आवाज उठाउँदै आएको र निरन्तर रुपमा लागि रहने प्रतिवद्धता जनाउनुभयो । 
    कार्यक्रममा रामपुर नगरपालिकाका निवर्तमान उपप्रमुख एवं सल्लाहाकार विष्णु देवि घिमिरे आचार्यले महिलाहरु संगठित भएर विगतमा गरेको संघर्षले वर्तमान उपलब्धी प्राप्त भएको भन्दै यसलाई संस्थागत गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।  जनताको सुझाव र प्रतिक्रियाले जनप्रतिनिधि र स्थानीय सरकारलाई जागरुक बनाउन सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो । 
    कार्यक्रमको अवसरमा साविक गजरकोट नेवास् समूहको लाखेनाच समेत प्रदर्शन गरिएको थियो ।IMG_4070.JPG

    बिहिवार, भाद्र ५ २०८२०३:५०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend