Logo

आइतवार, कार्तिक २ गते २०८३

images

महिलाभन्दा पुरुषले चार गुणा बढी मदिरा पिउँछन्

महिलाभन्दा पुरुषले चार गुणा बढी मदिरा पिउँछन्

  • PNN Times
  • सोमवार, मंसिर २२ २०७७


  • मंसिर २२ ।  मदिरा तथा सूर्तिजन्य पदार्थ सेवनबारे समेत अध्ययन गरिएको थियो, जसमा महिलाको तुलनामा पुरुषले मदिरा र सुर्तिजन्य पदार्थ धेरै गुणा बढी सेवन गर्ने गरेको पाइएको छ ।

    १५–४९ वर्ष उमेर समूहमा ९.१ प्रतिशत महिला र ४०.६ प्रतिशत पुरुषले ले कम्तीमा महिनामा एक पटक दिनमा मदिराजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ । यही उमेर समूहका ७.९ प्रतिशत पुरुष र ५.१ प्रतिशत महिलाले १५ वर्षअगाडि नै पहिलो पटक मदिराजन्य पदार्थ सेवन बताएका छन् ।

    images

    कसरी गरिएको थियो अध्ययन ?

    सर्वेक्षणमा तथ्याङ्क संकलनका लागि नेपालभर ५१२ क्लष्टर (गणना क्षेत्र) हरूमध्ये शहरी क्षेत्रबाट २९० क्लष्टर र ग्रामीण क्षेत्रबाट २२२ क्लष्टर तथ्यांकीय विधिबाट छनौट गरी हरेक क्लष्टरबाट गणनाको लागि २५ वटा परिवारहरू छानिएका थिए। यसरी छानिएका जम्मा १२,८०० परिवारहरूबाट पारिवारिक विवरण संकलन गरिएको थियो ।

    प्रत्येक परिवारमा भएका १५-४९ वर्ष उमेर समूहका महिला, १५-४९ वर्ष उमेर समूहका पुरुष, ५-१७ वर्ष उमेर समूहका बालबालिकातथा ५ वर्षमुनिका बालबालिकाहरूको विवरण संकलन गर्नुका साथै बाल पोषणको स्थिति अवगत गर्नका लागि तौल तथा उचाई पनि मापन गरिएको थियो ।

    तथ्याङ्क संकलनका लागि पारिवारिक प्रश्नावली, १५-४९ वर्ष उमेर समूहका महिला तथा पुरुषको व्यक्तिगत प्रश्नावली, ५-१७ वर्ष उमेर समूहका बालबालिका तथा ५ वर्षमुनिका बालबालिकाको व्यक्तिगत प्रश्नावली छुट्टाछुट्टै भरिएको थियो । 

    #अनलाईन खबरबाट

    सोमवार, मंसिर २२ २०७७०६:०६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend