पैयूँ, ३० असोज – पैयूँका किसानहरू विगत केही दिनदेखि निरन्तर वर्षाका कारण ठूलो मारमा परेका छन् । रोपाइँ सकाएर धान भित्राउने बेला परेको लगातार पानीका कारण किसानहरूले आफ्नो बाली समयमै घर भित्राउन सकेका छैनन्।
विशेष गरी तिहार सकिएलगत्तै काटेर सुकाएका धान पनि अचानक परेको वर्षाले भिज्दा किसानहरू चिन्तित भएका छन् । किसानहरूको भनाइ अनुसार, “मानो रोपेर मुरी भित्राउने बेला पानी परेपछि हामीले धान भित्राउनै सकेका छैनौं ।
तिहार पछि सुकाएका धान पनि अहिले पानीले भिजेको छ, जसले हाम्रो उत्पादनमा ठूलो क्षति पुर्याउने डर छ ।”
यस प्रकारको वर्षा धान भित्राउने समयमा परेकोले किसानहरुका लागि धान भित्राउने काम झन् कठिन भएको छ ।
यो वर्षाको निरन्तर वर्षाले पैयूँमा कृषि उत्पादन र किसानको आम्दानीमा प्रत्यक्ष असर पुर्याएको छ ।