Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँ गाउँपालिकाले धानबालीमा क्षति पुगेका किसानलाई राहत दिने

पैयूँ गाउँपालिकाले धानबालीमा क्षति पुगेका किसानलाई राहत दिने

  • PNN Times
  • बिहिवार, कार्तिक १४ २०८२


  • पैयूँ गाउँपालिकाले धानबालीमा क्षति पुगेका किसानलाई राहत दिने

    पर्वत, १३ कार्तिक । हालै परेको अविरल वर्षाका कारण पैयूँ गाउँपालिकाका विभिन्न क्षेत्रमा धानबालीमा क्षति पुगेका किसानलाई गाउँपालिकाले राहत दिने भएको छ।

    मौसमी विपत्तिबाट किसानको बालीमा परेको क्षतिको यथार्थ विवरण संकलन गर्न गाउँपालिकाले सबै वडामा प्रक्रिया सुरु गरेको छ ।   गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन गैरेले किसानहरूलाई समस्या परेका बेला गाउँपालिका संगै रहेको भन्दै धान बालीमा भएको क्षति विवरण  संकलन गरी राहत दिने जानकारी दिनु भयो ।

    images

    कार्तिक ११ र १३ गते परेको वर्षाका कारण किसानलाई ठुलो क्षति पुगेको छ ।  तिहार सकिएलगत्तै काटेर सुकाएका धान अचानक परेको वर्षाले भिज्दा किसानहरू चिन्तित भएका छन् ।

     

    paiyun.jpg

     

    बिहिवार, कार्तिक १४ २०८२०४:४९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend