Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बिरुवामा आँखा शिविर सञ्चालन हुने

बिरुवामा आँखा शिविर सञ्चालन हुने

  • PNN Times
  • आइतवार, चैत्र २२ २०८२


  • बिरुवामा आँखा शिविर सञ्चालन हुने

    चैत २२, स्याङ्जा ।
    स्याङ्जाको बिरुवा गाउँपालिकाले आँखा शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले यही चैत्र २३, २४ र २५ गते पालिकाका विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण सम्बन्धी शिवीर सञ्चालन गर्ने भएको हो । 
    चैत २३ गते सोमबार ६ नम्वर वडाको आधारभूत अस्पताल चिन्नेबास, २४ गते ४ नम्वर वडाको स्वास्थ्य चौकी र २५ गते ३ नम्वर वडा कार्यालय खालीमा निःशुल्क आँखा परीक्षण सम्बन्धी शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । वि एम फाउण्डेशन काठमाडौंको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने छ ।
    शिवीरमा आँखा परीक्षण, आवश्यक औषधी र चस्मा वितरण, शल्यक्रिया गर्नुपर्ने विरामीहरुको पहिचान एवम् शल्यक्रिया गर्नुपर्ने विरामीको लागि अर्को शिविरको व्यवस्था गरी शल्यक्रिया गरिने छ ।

    Bb.jpg

    images

    आइतवार, चैत्र २२ २०८२०६:१३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend