स्याङ्जाको वालिङमा नियमित भेटघाट तथा सिर्जना वाचन कार्यक्रम गरिएको छ ।
साहित्यिक अभियानमा स्याङ्जाली नारीद्वारा ‘नियमित भेटघाट तथा सिर्जना वाचन’ गरिएको हो ।
कार्यक्रममा साहित्यप्रेमी सुर्यप्रसाद खनालले नियमित भेटघाट तथा सिर्जना वाचन कार्यक्रमले साहित्यिक रचना गर्ने क्षमताको विकास हुने बताए । खनालले यस्ता रचनात्मक कार्यक्रहरुले नारी स्रष्टाको साथै नेपाली साहित्यको विकासमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनले निरन्तरतालाई मुख्य केन्द्रबिन्दु बनाएर लाग्नु सराहनीय कार्य भएको बताए ।
नेपाली लेखक सङ्घका केन्द्रीय सचिव एवं युवा स्रष्टा मिलन समीर, भेषजराज साहित्य प्रतिष्ठान वालिङ् स्याङ्जाका अध्यक्ष यमकान्त खनाल र सचिव श्यामप्रसाद ढुङ्गाना, जेष्ठ नारी स्रष्टा दमकला बगाले, लेखनाथ काफ्ले, कमल प्रसाद बगाले, वसन्त खनाल, ढाल बहादुर केसी, सिर्जना खनाल, सरस्वती काफ्ले, मञ्जु पराजुली, आशिष मिजार लगायतले आ–आफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रमको सहजीकरण संस्थाकी अध्यक्ष लक्ष्मी रेग्मी खनालले गरेकि थिइन् ।