मंसिर २४, वालिङ । स्वायाङजाको वालिङमा ट्रक दुर्घटना हुदा एक जना गम्भिर घाईते भएका छन ।
वालिङ-हुवास सडक खण्ड अन्तर्गत वालिङ नगरपालिका वडा नम्बर 14 फुलबारि स्थित माथिल्लो घुम्तीबाट ट्रक पल्टिएको हो ।
ना ६ ख २०९४ नम्बरको ट्रक दुर्घटना भएको हो।
दुर्घटनामा ट्रक चालक गम्भिर घाईते भएका छन । चालकलाई उपचारका लागी वालिङ पठाईएको छ । सहचालक भने सकुशल रहेका छन।
ट्रक के कति कारणले दुर्घटना भयो भन्ने कारण नखुलेको स्थानियले बताएका छन ।