Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अर्जुनचौपारी गाउँपालिकाका चालक र सहचालकलाई १० लाखसम्मको दुर्घटना बीमा

अर्जुनचौपारी गाउँपालिकाका चालक र सहचालकलाई १० लाखसम्मको दुर्घटना बीमा

  • PNN Times
  • मंगलवार, आषाढ २ २०८३

  • अर्जुनचौपारी गाउँपालिकाका चालक र सहचालकलाई १० लाखसम्मको दुर्घटना बीमा

    २ असार, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र पेशागत रूपमा सवारी सञ्चालन गर्दै आएका चालक तथा सहचालकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा उपलब्ध गराउने भएको छ ।

    गाउँपालिकाको स्वीकृत वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत सार्वजनिक तथा निजी सवारी साधनका चालक तथा सहचालकलाई लक्षित गर्दै दुर्घटना बीमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत जिप, टेम्पो, ट्याक्टर, बस तथा टिपरमा कार्यरत चालक र सहचालक लाभान्वित हुनेछन् ।

    यस सम्बन्धमा सूचना प्रकाशित गर्दै गाउँपालिकाले इच्छुक चालक तथा सहचालकलाई सात दिनभित्र आवश्यक कागजातसहित निवेदन दर्ता गर्न आग्रह गरेको छ । तोकिएको म्याद नाघेर प्राप्त हुने निवेदनमाथि कुनै कामकारबाही नहुने जनाइएको छ ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले दैनिक रूपमा जोखिमपूर्ण परिस्थितिमा काम गर्ने चालक तथा सहचालकको सुरक्षालाई ध्यानमा राखेर कार्यक्रम ल्याइएको बताए । उनले दुर्घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक भार कम गर्न बीमाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    मंगलवार, आषाढ २ २०८३०७:२०:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend