Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कार्यान्वयन हुँदैन राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस

कार्यान्वयन हुँदैन राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस

  • PNN Times
  • बुधवार, आषाढ २४ २०८३


  • असार २४ , काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस कार्यान्वयन हुन नसकेको बताएको छ ।

    बुधबार प्रतिनिधि सभाअन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगले यस्तो गुनासो गरेको हो ।

    images

    ‘हाम्रो सिफारिस कार्यान्वयन भैराखेको छैन’, आयोगका अध्यक्ष तपबहादुर मगरले भने, ‘कुल सिफारिसको १३ प्रतिशत कार्यान्वयन भएको छ ।  ५२ प्रतिशत कार्यान्वयन छैन । बाँकी आंशिक कार्यान्वयनमा छ ।’

    संसदको कानून न्याय तथा मानवअधिकार समितिले आयोगसँग ‘मानव अधिकारको वर्तमान अवस्था र आयोगको भूमिका’बारे बहस गर्न आयोगका पदाधिकारीहरुसँग छलफल गरेको हो । छलफलमा आयोगका अध्यक्ष मगरले सिफारिस कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका हुन् । 

    बुधवार, आषाढ २४ २०८३१०:३१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend