Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गल्याङ–५ रूपाखानीमा बाघको आक्रमण, १० वटा बाख्रा मारिए

गल्याङ–५ रूपाखानीमा बाघको आक्रमण, १० वटा बाख्रा मारिए

  • PNN Times
  • मंगलवार, श्रावण १९ २०८३


  • गल्याङ–५ रूपाखानीमा बाघको आक्रमण, १० वटा बाख्रा मारिए

    स्याङ्जाको गल्याङ नगरपालिका–५, रूपाखानी निवासी स्याम रानाको बाख्राखोरमा बाघले आक्रमण गर्दा १० वटा बाख्रा मरेका छन्।

    प्राप्त जानकारीअनुसार, मारिएका १० बाख्रामध्ये ९ वटा घटनास्थलमै मृत अवस्थामा फेला परेका छन् भने एउटा बाख्रा बाघले लगेको स्थानीयले बताएका छन्।

    मरेका बाख्रामध्ये ५ वटा माउ बाख्रा, २ वटा खसी, २ वटा पाठा र १ वटा पाठी रहेका छन्।

    स्थानीय मूल्याङ्कनअनुसार उक्त घटनाबाट करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको छ।

    मंगलवार, श्रावण १९ २०८३०३:४३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend