Logo

आइतवार, कार्तिक २ गते २०८३

images

पर्वतमा विश्वकै दोस्रो लामो जिपलाइन बन्ने 

पर्वतमा विश्वकै दोस्रो लामो जिपलाइन बन्ने 

  • PNN Times
  • शुक्रवार, मंसिर २६ २०७७


  • मंसिर २६, कुश्मा ।   साहसि खेलको जिल्ला भनेर चिनीएको पर्वत जिल्लामा विश्वकै दोस्रो लामो जिपलाइन बन्ने भएको छ ।  विश्वकै दोस्रो अग्लो बन्जी जम्प नजिकै कुश्मा नगरपालिका वडा नम्बर ५ चाक्लेको डिलबाट साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइन निर्माण गर्न लागिएको हो ।
     
    जिपलाइन सुपर म्यान शैलीमा निर्माण गर्न लागिएको भारतीय निर्माण कम्पनी श्याम जिपलाइनका इन्जिनियर नवीन मेस्सीले बताउनु भयो । इन्जिनियर मेस्सीका अनुसार पर्वतको जिपलाइनमा एकै पटकमा दुई जना सँगै झुन्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुने छ ।
     
    हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा एक सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने उहाँको भनाई छ ।  कालीगण्डकी नदीको सतहबाट दुई सय ३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ ।
     
    ‘पर्वत जिल्लालाई साहसिक खेलहरूको जिल्लाका रूपमा लिईन्छ । यहाँ बञ्जीजम्प, स्काई साइक्लिङ, रक क्लाइम्बीङ रहेको छ ।  जिपलाइन, रिसोर्ट र अन्य साहसिक खेल निर्माणको लागि प्रारम्भिक रूपमा ११ करोड खर्च लाग्ने अनुमान गरिएको छ । 

    शुक्रवार, मंसिर २६ २०७७०७:५०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend