पौष २, पर्वत । पर्वतमा कृषियन्त्र मर्मत तालिम प्र्रदान गरिएको छ । व्यवसायिक तथा सीप विकासकेन्द्र पर्वतले १५ दिने कृषियन्त्र मर्मत तालिम प्र्रदान गरेको हो । किसानहरुको माग अनुसार पहिलो चरणमा ४० जनालाई तालिम प्रदान गरिएको आयोजकले जनाएको छ ।
तालिम पछि पुराना र विग्रेका कृषियन्त्रहरु पुनः प्रयोगमा आउने व्यवसायिक तथा सीप विकासकेन्द्रले विश्वास लिएको छ । कृषियन्त्र मिनी टेलर विग्रिएर समस्यामा परेका किसानहरुलाई तालिम लिएपछि राहत मिलेको सहभागीहरुले बताएका छन् ।
माग बढदै गएपछि प्रथामिकताका आधारमा तालिम सञ्चालन गरिएको आयोजक कार्यलयले जनाएको छ । कार्यालयले यो वर्ष १ सय ६० कृषकहरुलाई तालिम हाँसील गराउने लक्ष्य लिएको उल्लेख गरेको छ । चार जिल्लाको जिम्मेवारी लिएको कार्यालयले समानुपातिक रुपमा सबै जिल्लाका कृषकहरुलाई तालिममा सहभागी गराएने कार्यालय प्रमुख डम्बर बहादुर जिसीले बताउनुभयो ।
पर्वतु वाग्लुङ , म्याग्दी र मुस्ताङ गरी चारै जिल्लामा माग संकलन गरेर तालिम सञ्चालनको पुनः तयारी थालिएको समेत कार्यालयले जनाएको छ ।