Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नयाँ संक्रमितमा देखिन थाल्यो लक्षण, श्वासप्रश्वासमा समस्या देखि स्वाद र गन्ध थाहा नपाउनेसम्म !!

नयाँ संक्रमितमा देखिन थाल्यो लक्षण, श्वासप्रश्वासमा समस्या देखि स्वाद र गन्ध थाहा नपाउनेसम्म !!

  • PNN Times
  • बुधवार, श्रावण २१ २०७७


  • नयाँ संक्रमितमा देखिन थाल्यो लक्षण, श्वासप्रश्वासमा समस्या देखि स्वाद र गन्ध थाहा नपाउनेसम्म !!

    नेपालमा कोरोना सङ्क्रमितमा लक्षण देखिने क्रम बढेको छ । यस अघि सङ्क्रमितमध्ये ९८ प्रतिशतमा लक्षणै नदेखिएकोमा नयाँ सङ्क्रमितमा लक्षण देखिने क्रम बढेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

    पछिल्लो समय काठमाडौँ उपत्यकामा देखिएका १६ जना मध्ये नौ जनामा लक्षण देखिएको छ । लक्षण देखिएका सङ्क्रमित भेटिन थाल्नुले चुनौती थपिएकोले सतर्कता अपनाउनुपर्ने डाक्टर पाण्डेले बताउनुभयो । अहिले अस्पतालमा भर्ना गरिएका सङ्क्रमितमध्ये एक तिहाइमा लक्षण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले बताउनुभयो ।

    images

    कतिपय बिरामीलाई आइसीयूमै राख्नुपरेको छ । पछिल्लाे समय देखिएका सङ्क्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका कार्यकारी निर्देशक पाण्डेले बताउनुभयो ।

     

    बुधवार, श्रावण २१ २०७७०३:१२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend