Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ जेसिजका अध्यक्ष लम्सालद्वारा जन्म दिनमा पैयूँमा सुरक्षित आवास निर्माणको लागि आर्थिक सहयोग प्रदान

वालिङ जेसिजका अध्यक्ष लम्सालद्वारा जन्म दिनमा पैयूँमा सुरक्षित आवास निर्माणको लागि आर्थिक सहयोग प्रदान

  • PNN Times
  • शुक्रवार, पौष १७ २०७७


  • वालिङ जेसिजका अध्यक्ष लम्सालद्वारा जन्म दिनमा पैयूँमा सुरक्षित आवास निर्माणको लागि आर्थिक सहयोग प्रदान

    पौष १७, वालिङ ।  वालिङ जेसिज वर्ष २०२१ का अध्यक्ष विश्वास लम्सालले पैयूँको जोखिम बस्ती स्थानान्तरणको लागि आर्थिक सहयोग  प्रदान गर्नु भएको छ।  । लम्सालले  आफ्नो जन्मोत्सवको अवसरमा पर्वतको पैयूँ गाउँपालिकामा रहेको जोखिम बस्ती स्थानान्तरणको आर्थिक सहयोग गर्नु भएको हो । 

    लम्सालले सहयोग स्वरुप बस्ती स्थानान्तरणको लागि द निर्भीक फाउण्डेसनलाई लागि १० हजार १ सय रुपैयाँ १५ रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।

    images

    पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको अति जोखिमा रहेको कारण उक्त बस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेसन”ले अभियान सुरु गरेको छ ।

    सोही अभियानलाई आफुले सहयोग गरेर गरीब दुखीले बास पाउने छन भन्ने उद्देश्यले सहयोग गरेको र सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको द निर्भीक फाउण्डेसन बताउनु भएको छ । 

    उहाँले आफुले सधै यसरी नै आपत वितप र दुखमा रहेकालाई सहयोग गरेर जन्मदिन मनाउने गरेको बताउनु भयो । 
    स्याङ्जाको वालिङ  ६ मिर्दीमा  घर भएका लम्साल नेपाल विद्यार्थी संघको नेता समेत हुनुहुन्छ ।  

    शुक्रवार, पौष १७ २०७७०३:४२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend