Logo

आइतवार, कार्तिक २ गते २०८३

images

पर्वत जेसीज बर्ष २०२१ का अध्यक्ष सुमन श्रेष्ठद्धारा पदभार ग्रहण

पर्वत जेसीज बर्ष २०२१ का अध्यक्ष सुमन श्रेष्ठद्धारा पदभार ग्रहण

  • PNN Times
  • शनिवार, पौष १८ २०७७


  • पर्वत जेसीज बर्ष २०२१ का अध्यक्ष सुमन श्रेष्ठद्धारा पदभार ग्रहण

    पौष १८, पर्वत । पर्वत जेसीजको २५ औं पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जेसीस पर्वत बर्ष २०२० का अध्यक्ष रामु शर्माले जेसीस पर्वत बर्ष २०२१ का अध्यक्ष सुमन श्रेष्ठलाई जेसीज लोगो प्रदान गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी जेसीज नेपालका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले जेसीजमा आबधता भई सधैं बिधिको शासनलाई पालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसको नेतृत्वले मानव जीवनको सरल , सफल र स्वतन्त्र क्षण प्राप्त गर्ने बिन्दू हासिल गर्न सक्ने भन्दै यसको गरिमा कायम राख्नुपर्ने बताउनुभयो ।

    images

    जेसीस पर्वत बर्ष २०२० का अध्यक्ष रामु शर्मा र जेसीस पर्वत बर्ष २०२१ का अध्यक्ष सुमन श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमको संचालन जेसीज पर्वत बर्ष २०२१ का माहसचिव उषा चापागाँई र जेसीज पर्वत बर्ष २०२० का माहसचिव सुमन श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम मार्फत जेसीस पर्वत बर्ष २०२० को कार्यकालका संयोजकहरुलाई पुरस्कार बितरण गरिएको थियो । 

    शनिवार, पौष १८ २०७७०६:५३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend