Logo

शनिवार, कार्तिक १ गते २०८३

images
स्मार्ट नागरिक–स्मार्ट वालिङ

वालिङ नगरपालिकाको नगर बृहत योजना पुस्तक बिमोचन तथा सार्वजनिक

वालिङ नगरपालिकाको नगर बृहत योजना पुस्तक बिमोचन तथा सार्वजनिक

  • निर्भीक नारायण भुर्तेल
  • आइतवार, पौष १९ २०७७


  • वालिङ नगरपालिकाको नगर बृहत योजना पुस्तक बिमोचन तथा सार्वजनिक

    पौष १९, वालिङ ।  स्याङ्जाको वालिङ नगरपालिकाले नगरपालिकाको नगर बृहत योजनाको पुस्तक बिमोचन तथा सार्वजनिकीकरण  गरेको छ । नगरपालिकाको नगर बृहत योजना २०७७ को पुस्तक  वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँणले बिमोचन गर्नु भएको हो ।

    नगरपालिकाको नगर बृहत योजना पुस्तकमा नगरलाई आगामी २० वर्षमा स्मार्ट सिटी बनाउनको लागि नगरपालिकाले गर्नु पर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरु समेटिएका छन ।

    images

    बृहत योजनाको बिमोचन तथा लोकार्पण गर्दै वालिङ नगरपालिकाका नरप्रमुख दिलीपप्रताप खाँणले नगरलाई स्मार्ट बनाउन सपना देखेको र सोही सपनालाई विश्वासका साथ काम गरेमा आफुहरु सफल हुने बताउनु भयो छ । उहाँले आफ्नो ठाउँ बनाउन सपना देख्नु पर्ने र त्यो सपना सफल पार्न विश्वासका साथ सबै मिलेर काम गरे जस्तो सुकै विकास गर्न सम्भव रहेको बताउनु भएको हो । 

    नगरपालिकाले हरेक वर्षको वार्षिक बजेट निर्माण गर्दा बृहत योजना अनुसार गर्ने गरेको र आगमी २० वर्षमा नगरलाई स्मार्ट सिटी बनाउन आफुहरु लागि परेको वालिङ नगरपालिकाका उप–प्रमुख कल्पना तिवारीले बताउनु भयो ।

    उहाँले नागरीक स्मार्ट बन्न सकेमा मात्र नगरपालिका स्मार्ट बन्ने हुदाँ स्मार्ट वालिङ बनाउन सबैको सकारात्मक पहल हुनुपर्नेमा जोड दिनु भयो ।

    सोही अवसरमा नगरको बृहत योजना र वार्षिक योजनाको एक दिने कार्यशाला गोष्ठी पनि गरिएको छ । नगरपालिकाको बृहत योजना निर्माणको लागि द एसिया फाउन्डेशनको सहकार्यमा कमिट नेपालले सहजीकरण गर्दै आएको छ । 

    आइतवार, पौष १९ २०७७०७:४५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend