Logo

शनिवार, कार्तिक १ गते २०८३

images

यौनशक्ति बढाउन यौनविद् डा.एडवार्ड लिनसका यस्ता छन् प्रभावकारी सुझाव

यौनशक्ति बढाउन यौनविद् डा.एडवार्ड लिनसका यस्ता छन् प्रभावकारी सुझाव

  • PNN Times
  • बुधवार, श्रावण २१ २०७७


  • यौनशक्ति बढाउन यौनविद् डा.एडवार्ड लिनसका यस्ता छन् प्रभावकारी सुझाव

    केही यस्ता प्रयोगहरु छन्, जसले मानिसको जीवनमा यौनशक्ति बढाउन मद्दत गर्दछ । तर आममानिलाई यसबारेमा प्रायः जानकारी हुँदैन । यी स–साना कुरामा ध्यान दिएको खण्डमा धेरैजसो पुरुषहरुको यौनशक्ति वृद्धि गर्न सकिन्छ ।

    यससम्बन्धमा अमेरिकाको लस एन्जलस युनिभर्सिटीका यौनविद् डा. एडवार्ड लिनसले केही सुझाव एवं उपायहरु दिएका छन् । ती सुझावलाई आफ्नो जीवनमा अवलम्बन गरेको खण्डमा तपाईंको कामशक्ति अरु राम्रो बनाउन मद्दत पुग्छ ।

    images

    १) नियमित हिँडनुहोस्

    हरेक पुरुषले छाती तन्काएर हिँड्नु जरुरी छ । युवा अवस्था होस् वा बुढ्यौली, दैनिक पैदल हिँड्नाले पुरुषको यौनशक्ति बढिरहन्छ । नियमित हिँडाइले शरीरका हड्डीहरु बलिया हुन्छन् र वजन पनि घट्छ । यसबाट शरीरको मांसपेशीको लचकता कायम रहिरहन्छ । दैनिक हिँडाइले शरीरमा ऐन्डार्फिन नामक हर्मोनको प्रवाह हुन्छ, जसले मनलाई खुशी बनाइदिन्छ । यसबाट हरेक पुरुषको यौनजीवन राम्रो हुँदै जान्छ ।

    २) उकालो चढ्नुहोस्

    उकालो चढ्नु यौनको लागि निकै फइदाजनक हुन्छ भन्ने कुरा हालै अमेरिकामा गरिएको एउटा नयाँ अनुसन्धानले पत्ता लगाएको छ । उकालो चढ्दा मुटु, फोक्सो र यौन अंगहरु बलिया हुन्छन् । अमेरिकी यौनविद् डा. माइकल फराडे भन्छन्, ‘नियमितरुपले उकालो चढ्दा कोलेस्ट्रोलको मात्रामा कमी आउँछ । दैनिक १२ मिनेट उकालो चढ्ने गरेको खण्डमा कोलेस्ट्रोल २० प्रतिशतले कमी आउँछ । कुनै अफिसमा काम गर्दा वा अन्यत्र पनि लिफ्ट चढ्नुको सट्टा सिँढी चढ्ने बानी बसाल्नुहोस् । यसले यौनशक्ति बढाइदिन्छ ।

    ३) नियमित व्यायाम गर्नुहोस्

    यौनशक्ति कायम राख्नको लागि व्यायाम गर्नु जरुरी हुन्छ । क्यालिफोर्नियास्थित एक युनिभर्सिटीमा गरिएको अुनसन्धानअनुसार जसले पसिना आउने गरी दैनिक एक घण्टा नियमितरुपमा व्यायाम गर्छ, उसको यौनशक्ति यथावत् रहिरहन्छ । यस अध्ययनमा संलग्न शोधकर्ता डा. आनोल्ड समर भन्छन्, ‘जसले पसिना निकालेर व्यायाम गर्छन् उनीहरुको यौन हर्मोन निकै बढी भएको पाइयो भने जो आरामले बस्ने गर्छन् उनीहरुको यौन हर्मोनको स्तर निकै कम भएको पाइएको छ । तर पछि ती आराम गर्ने मानिसलाई व्यायाम गर्न लगाएर यौन हर्मोनको स्तर नाप्दा आश्चर्यजनकरुपले बढेको पाइयो । सो अनुसन्धानबाट आरामले बस्ने मानिसको भन्दा व्यायाम गर्ने पुरुषको यौनशक्ति बढी हुने पुष्टि भएको छ ।’

    ४) भरपुर निदाउनुहोस्

    आनन्दायक यौनका लागि हरेक पुरुषलाई भरपुर निदाउनु आवश्यक हुन्छ । यदि कसैलाई अनिद्राले सताएको छ भने उसको यौन इच्छा कम हुँदै जान्छ । गहिरो निद्राको सम्बन्ध यौनशक्तिसँग रहेको कुरा प्रायः सवै यौनविद्हरु स्वीकार्छन् । यससम्बन्धमा अमेरिकी यौन विशेषज्ञ डा. अलेक्जेन्डर लवेल भन्छन्, ‘हरेक पुरुष ८ घण्टा निदाउनु जरुरी हुन्छ । यस्तो गहिरो निद्राले तन र मनमा स्फूर्ति ल्याउनुको साथै शुक्राणुहरुलाई पनि स्वस्थ बनाइराख्छ ।’ आफ्नो दाम्पत्य जीवनलाई स्वस्थ बनाउनु छ भने भरपुररुपमा निद्रा पूरा गर्नु‘होस् । साथै निद्रालाई कहिल्यै पनि कटौती नगर्नुहोस् ।

    ५) पौष्टिक आहार खानुहोस्

    यदि तपाईं आफ्नो यौनजीवनलाई लम्ब्याउन चाहनुहुन्छ भने पौष्टिक र सन्तुलित आहारको सेवन गर्नुपर्ने हुन्छ । यस मामिलामा डा. एडमन रिचर्ड भन्छन्, ‘शरीर स्वस्थ एवं बलियो बनाइराख्नको लागि आफ्नो खानामा भिटामिन ए, बी, सी र ई युक्त फलफूल, तरकारी र जिंक सामेल गर्नुपर्छ । यसको साथै आफ्नो आहारामा दूध, दही, फलफूल, कागती, मेवालगायतका खाना सेवन गर्न‘पर्छ । चाउचाउ, बोसो, कोकाकोला आदि खानालाई बन्देज वा न्यून गर्नुपर्छ ।’

    ६) मादकपदार्थ धेरै नपिउनुहोस्

    रक्सीजन्य पदार्थ सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छ । धेरै रक्सी पिउने मानिसको पहिलो असर शुक्राणुमाथि पर्छ । रक्सीको सेवनका कारण शुक्राणु कमजोर र अस्वस्थ हुन्छन् । यससम्बन्धमा सेक्सुअल फर्माकोलजीका डा. पिटर क्रेनस भन्छन्, ‘धेरै रक्सी सेवनले अण्डकोषको तापमान बढाइदिन्छ र शुक्राणुलाई प्रभावित गर्छ । शुक्राणुहरु अस्वस्थ हुन पुग्छन् । यी शुक्राणुबाट उत्पन्न भएका बच्चा पनि अस्वस्थ र कमजोर हुन्छन् । जसले नियमित नशालु पदार्थ सेवन गर्छन् ती व्यक्ति नपुंसकताको सिकार हुन पुग्छन् । शुक्राणुको निर्माणमा समेत बाधा पुग्न थाल्छ । तपाईं मादकपदार्थ सेवन गर्नुहुन्छ भने यसको प्रभाव सीधै वीर्यमाथि पर्छ । नियमित र बढी मात्रामा मादकपदार्थको सेवन गर्नाले यौनक्षमतामा प्रतिकूल प्रभाव पर्छ । रक्सीले यौन इच्छा त बढाउँछ तर यौनशक्ति घटाउँछ ।’

    ७) यौनसम्पर्क गर्नुहोस्

    नियमितरुपले यौनसम्पर्क गर्नाले यौनशक्ति पनि बढ्दै जान्छ । यसले अण्डकोषमा चेतना आउँछ र शुक्राणुहरुको निर्माण पनि बढ्दै जान्छ । शुक्राणुहरुको गति र संख्यामा पनि वृद्धि हुन्छ । यौन विशेषज्ञहरुको भनाइअनुसार नियमित यौनसम्पर्क गर्नाले शक्राणुहरु स्वस्थ र बलिया हुन्छन् । यसबाट पुरानो वीर्य बाहिर निस्कन्छ र यसको स्थानमा ताजा वीर्य जम्मा हुन थाल्छ । साथै वीर्यको गुणस्तरमा निकै सुधार हुन्छ ।

    ८) कामुक चिन्तन नगर्नुहोस्

    धेरैजसो मानिसले कल्पना र दिवास्वप्नमा पनि यौनआनन्द प्राप्त गर्छन् । यौनसम्बन्धी किताब पढ्दा, अश्लील चलचित्र हेर्दा, नाङ्गो तस्वीर हेर्दा, फोनमा यौनिक कुरा गर्दा मनमा कामोत्तेजना बढ्छ । यसले वीर्यलाई क्षति पुग्छ । यौन विशेषज्ञ डा. टम किगेल भन्छन्, ‘यदि तपाईं आफ्नो यौनशक्ति बढाउन चाहनुहुन्छ भन्ने मस्तिष्क सक्रिय राख्नुहोस् । अरुले प्रेम गरिरहेको दृश्य, युवतीको स्तन, अश्लील चलचित्रले मनमा उत्तेजना बढ्न थाल्छ । यसले पछि गएर चिन्ता, हैरानी र यौनसम्पर्क गर्नुपहिले नै वीर्य स्खलन हुनेजस्ता जटिल समस्या निम्तिने गर्छ । तसर्थ मनमा कहिल्यै पनि कामुक चिन्तन नगर्नुहोस् ।’ समाजमा बलात्कार, एकजोडीभन्दा बढी व्यक्ति यौनकार्यमा संलग्न हुने कुरा नै यस्ता फिल्मका विषयवस्तु हुन् । यसले समाजलाई विकृत पार्ने काम गर्छ । साथै थुप्रै दुर्घटना निम्त्याउँछ ।

    ९) क्याफिनको मात्रा घटाउनुहोस्

    कफी, चिया र इनर्जी ड्रिंक्समा धेरै मात्रामा क्याफिन हुन्छ । विशेष गरी जाडो मैसममा धेरै पुरुष कफी, चिया पिउँछन् । खालि पेटमा कफी पिउनाले धेरै पिसाब आउँछ । यसले गर्दा शरीरको पानी पनि बाहिर निस्कन्छ । यस्तै क्याफिनले निद्रामा कमी ल्याउँछ । पर्याप्त मात्रामा निद्रा नपुगेमा यौनशक्तिमा ह्रास आउँछ । स्वास्थ्य विशेषज्ञ हर्मोन भन्छन्, ‘मानिसले दिनमा दुई कपभन्दा बढी कफी र चिया पिउनुहुँदैन ।’ तर अचेल मानिसहरु बिहानदेखि बेलुकासम्म धेरै कप कफी पिउने गर्छन् । यसले निद्रा नलाग्ने, मानसिक एवं शारीरिक समस्या पैदा गर्ने, मुटुको धड्कन रोक्नेजस्ता जटिल समस्या बढाउँछ । अतः क्याफिनको आपूर्ति घटाउनुहोस्, अन्यथा यौनशक्ति घट्दै जान्छ ।

    १०) कोलेस्ट्रोल बढ्न नदिनुहोस्

    शरीरमा कोलेस्ट्रोल बढ्न गएमा रक्तबाहिनी नलीहरु अवरुद्ध हुन पुग्छन् । यसले गर्दा शरीरको हरेक भागमा स्वच्छ रगत प्रवाह हुने सक्दैन । यसले मोटोपन बढ्न जान्छ भने पुरुषको यौनअंगमा पनि रगतको प्रवाह घटाइदिन्छ । जसले गर्दा उत्तेजना जगाउने नसाहरुमा रक्तसञ्चार हुन पाउँदैन, लिंगको उत्थान हुन नसकेपछि यौनक्रीडा गर्न सकिँदैन । अन्तत यौनशक्ति नै नष्ट भएर जान्छ । नेपाल समाचार पत्रमा लेखिएको छ, यौन विशेषज्ञ डा. डेनिस भन्छन्, ‘शरीरको कोलेस्ट्रोल कन्ट्रोल गर्न सकिएन भने डाक्टरको सल्लाह लिनुहोस् । कोलेस्ट्रोलयुक्त आहारको सेवन नगर्नुहोस् र आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुहोस् ।’

     

    बुधवार, श्रावण २१ २०७७०३:५६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend