पौष १९, वालिङ । गुराँस फुड क्याफे एण्ड सेकुवा कर्नरका संचालक एंव समाजसेवी हुमा डुम्रेले पैयूँमा सुरक्षि आवास निर्माणको लागि आर्थिक सहयोग प्रदान गर्नु भएको छ । डुम्रेले आफ्नो जन्मोत्सवको अवसरमा पर्वतको पैयूँ गाउँपालिकामा रहेको जोखिम बस्ती स्थानान्तरण गरी सुरक्षि आवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।
उहाँले सहयोग स्वरुप बस्ती स्थानान्तरणको लागि द निर्भीक फाउण्डेसनलाई लागि ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।
पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको अति जोखिमा रहेको कारण उक्त बस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेसन”ले अभियान सुरु गरेको छ ।
सोही अभियानलाई आफुले सहयोग गरेर गरीब दुखीले बास पाउने छन भन्ने उद्देश्यले सहयोग गरेको र सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको डुम्रेले बताउनु भएको छ ।
उहाँले आफुले सधै यसरी नै आपत वितप र दुखमा रहेकालाई सहयोग गरेर जन्मदिन मनाउने गरेको बताउनु भयो ।
डुम्रेले स्याङ्जाको वालिङ ८ पुरानो बसपार्क नजिकै गुराँस फुड क्याफे एण्ड सेकुवा कर्नर संचालन गर्दै आउनु भएको छ ।