Logo

आइतवार, कार्तिक २ गते २०८३

images

वालिङमा कृषिऔजार हस्तान्तरण

वालिङमा कृषिऔजार हस्तान्तरण

  • PNN Times
  • सोमवार, पौष २० २०७७


  • वालिङमा कृषिऔजार हस्तान्तरण


    पौष २०,  वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड प्रभावित कृषक तथा नव उद्यमीहरुलाई कृषिऔजार हस्तान्तरण गरिएको छ । वालिङ नगरपालिका र युनडिपीको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित ‘कोभिड १९ उद्धार सामाजिक आर्थिक प्रतिकार्य परियोजना’अन्तर्गत वालिङ नगरपालिका भित्रका कोभिड प्रभावित कृषकहरुलाई टनेल, भर्याङ, सिकेचर र करौैती लगायतका औजारहरु हस्तान्तरण गरिएको हो ।

    कृषि औजारहरु हस्तान्तरण गर्दै नगर उप–प्रमुख कल्पना तिवारीले उत्पादन बृद्धि गराउने उद्देश्यले कषिऔजार तथा सामाग्रीहरु बितरण गरिएको जानकारी दिनुभयो । उहाँले ‘कोरोनाको प्रभावका कारण मारमा परेका कृषकहरुलाई राहत पुर्याउन सामाग्री बितरण गरिएको बताउनु भयो ।

    images

    उपप्रमुख तिवारीले निशुल्क रुपमा प्राप्त भएका समाग्रीहरुको सदुपयोग गरि आर्थिक बृद्धिगर्न कृषकहरुलाई सुझाव दिनुभयो ।

    सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कोभिड प्रभावित कृषकहरुलाई सहयोग गर्न र उनिहरुलाई आर्थिक रुपममा सबल बनाउनको लागि नगरपालिका सदैव कृषकको साथमा छ भन्ने बुझ्न पनि आग्रह गर्नुभयो । 

    उहाँले नगरपालिकाको समग्र आर्थिक बृद्धिका लागि बिभिन्न साझेदार संस्थाहरुसँग मिलेर काम गरिरहेको जानकारी दिनुभयो । परियोजना अन्तरगत कोभिड प्रभावित कृषकहरुलाई उनीहरु कै मागका आधारमा बिभिन्न सामाग्रीहरु प्रदान गरिदै आएको दियालो युएनडिपी नेपाल काकार्यक्रम प्रमुख राधा कृष्ण डुम्रेले जानकारी दिनुभएको छ ।

    उहाँले कृषक तथा नव उद्यमीको मागका आधारमा बिभिन्न प्रकृतिका सीपमूलक तालिमहरु सञ्चालन भईरहेको बताउनु भयो । 

    सोमवार, पौष २० २०७७०७:५१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend