पौष २२, स्याङ्जा । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिप्रसाद पौडेल सम्मानित हुनु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उदाहरणीय काम गरेको भन्दै पौडेललाई सम्मान गरेको हो । पौडेल मंसिर महिनाको उत्कृष्ठ प्रहरी (पुलिस अफ द मन्थ) को रुपमा सम्मानित हुनु भएको हो ।
पौडेलको नेतृत्वमा स्याङ्जामा विभिन्न मुद्धाका फरार रहेका प्रतिवादीहरु पक्राउ गरेका छन भने, अबैध घरेलु मदिरा नियन्त्रण, लागु औषध ओसारपोसार कार्यमा रोकथाम, अपराध अनुसन्धान तथा नियन्त्रण गरी सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभुति हुने गरी काम गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
समाजमा शान्ति सुरक्षा कायम राखी नागरिक समक्ष प्रहरी संगठनको छवि उच्च गराउने कार्यमा अहम भुमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक होविन्द्र बोगटीले राम्रो काम गर्ने कर्मचारीलाई हरेक महिना सम्मान गर्ने जानकारी दिनुभयो ।
पौडेललाई कदरपत्र र सहित नगद सहित सम्मान गरिएको छ ।