Logo

शनिवार, कार्तिक १ गते २०८३

images

समाजसेवि भुर्तेलद्वारा जन्मदिनमा सुरक्षित अवास निर्माणको लागि आर्थिक सहयोग प्रदान

समाजसेवि भुर्तेलद्वारा जन्मदिनमा सुरक्षित अवास निर्माणको लागि आर्थिक सहयोग प्रदान

  • PNN Times
  • बिहिवार, माघ १ २०७७


  • समाजसेवि भुर्तेलद्वारा जन्मदिनमा सुरक्षित अवास निर्माणको लागि आर्थिक सहयोग प्रदान

    माघ १, पैयूँ ।  समाजसेवि रमेश भुर्तेलले पैयूँको जोखिम बस्ती स्थानान्तरणको लागि आर्थिक सहयोग  प्रदान गर्नु भएको छ । भुर्तेलले  आफ्नो जन्मोत्सवको अवसरमा पर्वतको पैयूँ गाउँपालिकामा रहेको जोखिम बस्ती स्थानान्तरणको आर्थिक सहयोग गर्नु भएको हो ।

    भुर्तेलले सहयोग स्वरुप बस्ती स्थानान्तरण गरी घर निमार्णको लागि द निर्भीक फाउण्डेसनलाई लागि १० हजार रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।

    images

    पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको अति जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित हुन परेको कारण उक्त बस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेसन” ले आवास निर्माणको काम सुरु गरेको छ ।

    आफ्नो जन्म गाउँमा रहेको जोखिम बस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाउन सुरु गरिएको अभियानलाई आफुले सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने छन भन्ने उद्देश्यले सहयोग गरेको र सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको समाज सेवी भुर्तेलले बताउनु भयो । 

    उहाँले आफुले सधै यसरी नै आपत वितप र दुखमा रहेकालाई सहयोग गरेर जन्मदिन मनाउने गरेको बताउनु भयो । साथै उहाँले २०७५ साल कार्तिक ४ गते सडक दुर्घटनामा परि घाईते भई ढाड  खुट्टामा चोटका लागेर विगतका २ बर्ष देखी काठमाडौको बि एन्ड बि अस्पतालमा उपचाररत महाशिला गाउँपालिका वडा.नं. १ होस्र्याङ्दी घर भएका पर्वत रुपन्देही विद्यार्थी समाजका सस्थापक अध्यक्ष, एवं नेपाल विद्यार्थी संघका नेता सुमन प्रसाद अधिकारीको उपचारको लागि ५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ । 

    पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ चिसापानी घर भएका भुर्तेल हाल मलेसियमा कार्यरत हुनुहन्छ ।  

    बिहिवार, माघ १ २०७७०५:१३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend