Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कान्तिपुरकर्मि लामिछाने सम्मानित हुने

कान्तिपुरकर्मि लामिछाने सम्मानित हुने

  • PNN Times
  • बिहिवार, माघ ८ २०७७


  • कान्तिपुरकर्मि लामिछाने सम्मानित हुने
    माघ ८,  नेपाल पत्रकार महासंघले कोरोना रोकथा कार्यमा पत्रकारिता मार्फत समाजमा योग्दान पुराए बापत पर्वतका रामकृष्ण लामिछानेलाई सम्मान गर्ने भएको छ ।
     
    लामिछाने कान्तिपुर टेलिभिजनका पर्वत सवाददाता हुन । कोरोना संक्रमणको उच्च जोखिम मोलेर चेतनामूलक समाचार सामग्री प्रवाह गरिरहेका ३५ जना पत्रकारलाई कोरोना संक्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान प्रदान गर्ने निर्णय गरिएको महासचिव रमेश विष्टले जानकारी दिए ।
     
    उनकाअनुसार छनौटमा परेका पत्रकारहरुले जनही १० हजार रुपैयाँ र सम्मानपत्र पाउने छन् ।
     
    “कोरोना सक्रमणविरुद्ध आफूले प्रकाशन प्रसारण गरेका चेतनामूलक समाचार सामग्रीहरू पठाउन सूचित गरे बमोजिम प्राप्त दुई सय ८५ वटा समाचार सामग्रीमध्ये समाचार सामग्रीको विषयवस्तु, खोज, प्रस्तुति, समाचारको सन्देश, भाषा तथा लेखन शैली एवम् भौगोलिक, विधागत, समावेशीता समेतका आधारमा ३५ जनालाई सम्मान गर्ने भएको छ । 

    बिहिवार, माघ ८ २०७७११:०७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend