Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रसिद्ध धार्मिक क्षेत्र ग्रहौंसुर मन्दिर परिसरमा धर्मशाला बनाईने 

प्रसिद्ध धार्मिक क्षेत्र ग्रहौंसुर मन्दिर परिसरमा धर्मशाला बनाईने 

  • PNN Times
  • शनिवार, माघ १० २०७७


  • प्रसिद्ध धार्मिक क्षेत्र ग्रहौंसुर मन्दिर परिसरमा धर्मशाला बनाईने 

    राधाकृष्ण डुम्रे

    माघ १०, वालिङ । प्रसिद्ध धार्मिक तथा पर्यटीय क्षेत्र ग्रहौंसुर मन्दिर परिसरमा धर्मशालाको बन्ने भएकोछ । वालिङमा पर्ने उक्त क्षेत्रको समग्र बिकासको गुरुयोजना अनुशार धर्मशाला बनाउन लागिएको हो ।

    images

    धर्मशाला शिलन्यास कार्यक्रममा बोल्दै नगरप्रमुख दिलिपप्रताप खाँणले धार्मिक तथा पर्यटकीय क्षेत्रको बिकासका लागि स्थानीय सरकारले निरन्तर सहयोग गर्ने बताउनु भयो । समग्र स्याङ्जा कै गहनाको रुपमा रहेको ग्रहौंसुर क्षेत्रलाई सबैले सहयोग र संरक्षण गर्नु पर्नेमा उहाँको जोड छ । समाजसेवी डोलराज शर्माले मन्दिरलाई नयाँ रुप दिन खेल्नु भएको भूमिकाको प्रशंशा गर्दै निरन्तर सहयोग र सहकार्यको अपेक्षा गर्नुभयो । 

    शिलन्यास कार्यक्रममा बोल्दै समाजसेवी डोलराज शर्माले देवी माँ को कृपाले नै आफूलाई राम्रो भएको भन्दै मन्दिर क्षेत्रको बिकासका लागि निरन्तर सहयोग गरिहरने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले  निर्माण हुन लागेको धर्मशालाका लागि आफूले सहयोग र समन्वय गर्ने बताउनु भयो । 

    धर्मशालाको शनिवार समाजसेवी डोलराज शर्माले शिलन्यास गर्नु भएको हो । वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणको उपस्थितीमा शर्माले धर्मशाला भवनको शिलन्यास गर्नु भएको हो ।  कार्यक्रम ग्रहौंशुर धार्मिक तथा पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणको अध्यक्षमा भएको थियो भने सञ्चालन सचिव तिलकराम उपाध्यायले गर्नु भएको थियो । 

    पर्यटन बिभागको क्रमागत योजना अन्तरगतको रु ५० लाखको लागतमा निर्माण हुने गरी काम शुरु भएको केन्द्रका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी दिनुभयो । उहाँले गुरुयोजनाका आधारमा मन्दिर परिसरमा बिभिन्न कामहरु भईरहेको बताउनु भयो ।  

    समाजसेवी डोलराज शर्मा र उद्योगी अर्जुन आचार्यलाई सम्मान गरिएको कार्यक्रममा गल्याङ तथा वालिङ नगरपालिकाका जनप्रतिनिधीहरु,पत्रकार,समाजसेवी लगायतको उपस्थिती रहको थियो । 


    शनिवार, माघ १० २०७७०६:५७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend