माघ १०, वालिङ । स्याङ्जाको वालिङ १० भकुण्डे स्थित एक उद्योगमा शनिबार दिउसो काम गरिरहेको बेलामा आगलागी भएको छ ।
सडकविभाग नजिकै रहेको सिरक डसना उद्योगमा आगलागी भएको हो । दिउसो उद्योगमा विद्युतीय मोटरबाट निस्किएको आगोले उद्योगमा रहेको कपास लगायतका वस्तुमा आगो सल्किएपछि उद्योग पूर्णरुपमा जलेर नष्ट हुदा लाखौको क्षती भएको छ ।
वालिङ नगरपालिका ६ का टिकाराम पाण्डेले विगत ५-६ वर्षदेखि सिरक डसना उद्योग सञ्चालन गर्दै आउनुभएको थियो । उद्योगमा कर्मचारीले काम गर्दागर्दै आगलागी भएपछि सुरक्षाकर्मी स्थानीय बासिन्दा र वालिङ नगरपालिकाको दमकलको सहायतामा आगोलाई नियन्त्रणमा लिइएको थियो । आगलागीबाट आठ लाख भन्दा बढीको क्षतीे प्रहरीले जनाएको छ ।