Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गरिबीको अन्त्य गर्नु नै मुख्य कामः नगरप्रमुख अधिकारी

गरिबीको अन्त्य गर्नु नै मुख्य कामः नगरप्रमुख अधिकारी

  • PNN Times
  • सोमवार, माघ १२ २०७७


  • गरिबीको अन्त्य गर्नु नै मुख्य कामः नगरप्रमुख अधिकारी

    माघ १२, स्याङ्जा ।  गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले गविबी अन्त्य गर्नु नै आफ्नो मुख्य काम भएको बताउनुभएको छ । उहाँले सम्बृद्विको प्रमुख दुश्मनको रुपमा रहेको गरिबी नगरबाट निवारण गर्ने अभियानमा आफु सक्रिय रहेको बताउनुभयो । 

    राष्ट्रिय युवा संघ नेपाल, गल्याङ नगरपालिका ९ वडा कमिटीले साङ्लीया रिपमा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले जनताको सेवा गर्नकै लागि पेन्सन हुने बेलामा जागिर छोडेर राजनीतिमा होमिएकोभन्दै जनताको जीवनस्तर उकास्नु बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउनभयो । 

    images

    बिकसीत देशका बिकासका मोडेलहरुको अध्ययन गरेर यहाँको समाजमा लागू गर्नुपर्नेमा जोड दिदै उहाँले काम गरेमा छोटो समयमा पनि धेरै परिवर्तन ल्याउन सकिने स्पष्ट पार्नुभयो ।‘कृषि र विकासका क्षेत्रमा नगरपालिकाले विभिन्न कामहरु गरिरहेको छ’ उहाँले भन्नुभयो –‘यसमा गल्याङका जनताको राम्रो साथ पनि रहेको छ ।’
    नगरप्रमुख अधिकारीलेअबको तीन वर्ष भित्रमा गल्याङ देखि साङलीयासम्मको बाटो पक्की गर्ने बताउनुभयो । गण्डकी प्रदेशमा नै सबैभन्दा धेरै खानेपानीका योजनाहरु गल्याङमा ल्याउन सफल भएको भन्दै उहाँले एक वर्ष भित्रमा एक घर एक धाराको व्यवस्था गर्ने बताउनुभयो ।

    राजनीतिक रुपले केन्द्रमा जुनसुकै हल्ला भएपनि समाज बिकासका लागि स्थानिय सरकार लागि परिरहेको नगरप्रमुख अधिकारीको भनाई छ । कार्यक्रममा नेपाली काङ्ग्रेस परित्याग गरी नेकपामा प्रबेश गरेकाहरुलाई स्वागत गर्दै उहाँले नयाँदृष्टिकोण बनाएर समाज बिकासका काममा हातेमालो गर्नु पर्नेमा जोड दिनुभयो । 

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर कमिटी अध्यक्ष नारायण प्रसाद अधिकारी समिरले संविधान रक्षाका लागि स्थानीय तह देखि केन्द्रसम्म लड्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले जनताले मत दिएर प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले संसद विघटन गरी जनमतको अवमुल्यान गरेको टिप्पणी गर्नुभयो । अध्यक्ष अधिकारीले गल्याङमा नेकपा एकजुट रहेको पनि बताउनुभयो ।

    नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी सचिवालय सदस्यखड्कराज सुबेदीले गल्याङको विकासका लागि आफुले पनि सबै खालको सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो । जिल्ला कमिटी सदश्य निम प्रसाद खनालले वडा नम्बर नौ मा यसअघि नेकपाको जनमत कमजोर रहेकोमा अहिले राम्रो अवस्था रहेको बताउनुभयो । 

    नेकपा जिल्ला कमिटि सदस्य सुस्मा पान्डेलेकुनै कुराले पनि बिचलित नभई नेकपा लाई विश्वश गर्न अनुरोध गर्नुभयो । 
    कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर दुईका अध्यक्ष इवप्रसाद कर्माचार्य, वडा नम्बर चारका अध्यक्ष नेत्रप्रसाद पाण्डे, वडा नम्बर ११ का अध्यक्ष शंकरदेब अधिकारीले पार्टीमा देखिएको विवादले गल्याङमा कुनै फरक नपार्ने र आफुहरु एकढिक्का भएको बताउनुभएको छ । 

    कार्यक्रम सञ्चालक दलबहादुर सिंजालीले कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी दुई सय ७३ जना नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेको जानकारी दिनुभयो । 
    कार्यक्रमको सभापतित्व युवा संघका नेता दिपक रानाले गर्नुभएको थियो । 

    सोमवार, माघ १२ २०७७०२:२१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend