माघ १३, पैयूँ । समाजसेवि एंव व्यवसायी अर्जुन किशोर न्यौपानेले पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि आर्थिक सहयोग प्रदान गर्नु भएको छ । न्यौपानेले आफ्नो जन्मोत्सवको अवसरमा पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।
उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई पैतिस हजार एक (३५००१) रुपैयाँ सहयोग स्वरुप आर्थिक सहयोग गर्नु भएको हो ।
पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेसन” ले सुरक्षित ठाउँमा आवास निर्माणको काम सुरु गरेको छ ।
आफ्नो गाउँमा रहेको जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाउन सुरु गरिएको अभियानलाई आफुले सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको समाजसेवी न्यौपानेले बताउनु भएको छ । उहाँले आफुहले सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको समेत बताउनु भयो ।
हरेक जन्मदिनमा आफुले यसरी नै आपत वितप र दुखमा रहेकालाई सहयोग गरेर जन्मदिन मनाउने गरेको न्यौपानेले बताउनु भयो । पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ पाखिम्बास घर भएका न्यौपाने हाल अमेरीकामा हुनुहन्छ । उहाँ एनआरएनए अमेरीकाको केन्टाकीको युवा संयोजक समेत हुनुहुन्छ ।
साथै उहाँले अन्भी फाउन्डेशनको तर्फबाट समेत सुरक्षित वस्ती निर्माणको लागि सहयोग गर्ने बताउनु भएको छ ।