Logo

आइतवार, कार्तिक २ गते २०८३

images

कोभिड प्रभावितलाई उद्यमी बनाउन ‘स्टार्टअप’ कारुपमाअनुदान वितरण

कोभिड प्रभावितलाई उद्यमी बनाउन ‘स्टार्टअप’ कारुपमाअनुदान वितरण

  • PNN Times
  • आइतवार, माघ १८ २०७७


  • कोभिड प्रभावितलाई उद्यमी बनाउन ‘स्टार्टअप’ कारुपमाअनुदान वितरण
     माघ १८, स्याङजा। 

    कोभिड १९ को सङ्क्रमणका कारण रोजगारी गुमाएका युवा युवतीलाई उद्यमी बनाउने उद्देश्यसहित स्थापना गरिएको कोषबाट रकम वितरण गरिएको छ । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत कोभिड प्रभावितहरुका लागि स्थापित कोषमार्फत २० समूह तथा ब्यक्तिलाई जनही रु. ५० हजाका दरले नगद प्रदान गरिएको हो ।

    विदेशमा रोजगारी गुमाई फर्केका वा स्वदेशमा रोजगारीमा रहेका युवा युवतीहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाई उनीहरुको आय आर्जन बृद्धि गर्नका लागि ‘उद्यमशिलता ब्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र सञ्चालन कार्यविधि २०७७’ निर्माण गरी सोही कार्यविधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । 
     
    कोभिड प्रभावित भई के गर्ने के नगर्ने अन्योलमा रहेका युवा युवतीहरुलाई उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ कारुपमा नगद अनुदान दिईएको हो । “ब्यवसाय तथा उद्यम सञ्चालन सम्बन्धमा विविध विषयमा नयाँ आविष्कार गर्न मद्दत गर्न, युवाहरुमा भएको रचनात्मकतालाई उजागर तथा प्रोत्साहित गर्न प्रेरित गर्ने उद्देश्यले नवप्रवर्तन कोष स्थापना गरी सञ्चालन गरेका हौं” प्रमुख खाँणले भन्नुभयो, “उक्त कोषमार्फत विशेष राहत प्याकेज उपलब्ध गराई उनीहरुलाई उद्यमी बनाउने छौं ।”
     
    पहिलो चरणमा २० जना युवा युवती तथा समूहलाई जनही रु. ५० हजारका दरले नगद उपलब्ध गराई नवप्रवर्तनमा ‘स्टार्टअप’ गराईएको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । वैदेशिक वा स्वदेशमा नै कोभिडका कारण प्रभावित हुनुभएका वालिङका नागरिकलाई उद्यमशिलतातर्फ लाग्न अभिप्रेरित गर्ने उद्देश्यले कोष स्थापना गरी सोहीमार्फत सहयोग गर्दै जाने अधिकृत ज्ञवालीले बताउनुभयो ।
     
    EIF (4).JPG
     
    कोभिड १९ का कारण बेरोजगारी समस्या बढ्दै गएकाले यसमा कमी ल्याई उनीहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउन सकियोस् भन्ने हेतुले स्थापना गरिएको कोषमार्फत सहयोग गरिएको युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताउनुभयो ।
     
    वालिङ नगरपालिका क्षेत्रभित्र रहेका कोभिड १९ प्रभावित तथा बेरोजगारलाई उद्यमशिल बनाई रोजगारका अवसर सिर्जना गरेर आर्थिक उन्नति गराउने, सानो पूँजीको परिचालनबाट आर्थिक उपार्जनतर्फ अगाडि बढाउने, उत्पादन र उत्पादकत्व बढाउनका लागि उत्प्रेरणा जगाउने, युवाहरु, सीमान्तकृत, कोभिड १९ का कारण रोजगारी गुमाएका तथा न्यूनआय भएका व्यक्तिहरुको जीवनमा परिवर्तन ल्याउने, राम्रो सोँचलाई व्यावसायिकतातर्फ उन्मुख गराउने, दीगो आर्थिक समृद्धिका लागि अग्रसर बनाउने, थोरै सहयोगमार्फत काम गरे सहयोग प्राप्त हुन्छ भन्ने वातावरण बनाउने, कोषमार्फत अनुदान तथा सहयोगका कार्यक्रम सञ्चालन गर्ने गरी उद्देश्य निर्धारण गरिएको अर्यालले बताउनुभयो ।
     
    विशेष गरी उत्पादन तथा नवप्रवर्तनका सोँच राख्नुभएका युवायुवतीहरुलाई उक्त कोषमार्फत अनुदान उपलब्ध गराएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताउनुभयो ।

     

    आइतवार, माघ १८ २०७७०७:५१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend