Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ, बेरोजगार  लाभग्राहीलाई परिचय पत्र प्रदान

वालिङमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ, बेरोजगार  लाभग्राहीलाई परिचय पत्र प्रदान

  • PNN Times
  • सोमवार, माघ १९ २०७७


  • वालिङमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ,  बेरोजगार  लाभग्राहीलाई परिचय पत्र प्रदान

    माघ १९, वालिङ ।  स्याङ्जाको वालिङमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत लाभग्राही परिचय पत्र वितरण तथा योजनाको शुभारम्भ गरिएको छ । 

    सोमबार वालिङ नगरपालिका वडा नम्बर ८ मास्कीेडाँडाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम योजनाको शुभारम्भ गरिएको हो । मास्कीेडाडामा रहेका १४ जना बेरोजागर लाभग्राहीलाई परिचय पत्र वितरण गरिएको छ ।

    images

    योजनाको शुभारम्भ कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि कल्पना तिवारीले जनताका मागहरुलाई सम्बोधन गर्दै संविधानले प्रदत्त गरेको रोजगारलाई कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यक्रमको सुभारम्भ गरेको बताउनु भयो ।

    वालिङ नगरपालिका भित्र बेरोजगार रहेका र नगरपालिकामा सुचिकृत भएका नागरिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार दिने उपप्रमुख तिवारीले बताउनु भयो । 

    वालिङ नगरपालिका भित्र रहेका ४० वटा टोलमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागु हुने छन । जसको सुरुवात नगरपालिकाले वडा नम्बर ८ मास्कीडाँडाबाट सुरु गरेको हो ।  

    सोमवार, माघ १९ २०७७०८:११:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend