Logo

आइतवार, कार्तिक २ गते २०८३

images

वालिङमा महिला जनप्रतिनिधिका लागि नेतृत्व तथा सञ्चार सीप तालीम सम्पन्न

वालिङमा महिला जनप्रतिनिधिका लागि नेतृत्व तथा सञ्चार सीप तालीम सम्पन्न

  • PNN Times
  • मंगलवार, माघ २० २०७७


  • वालिङमा महिला जनप्रतिनिधिका लागि नेतृत्व तथा सञ्चार सीप तालीम  सम्पन्न

    तोलाकान्त बगाले

    माघ २०, वालिङ । वालिङका निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि ३ दिने नेतृत्व तथा सञ्चार सीप सम्बन्धी तालिम मंगलबार सम्पन्न भएको छ ।  वालिङ नगरपालिकाले आफ्ना महिला जनप्रतिनिधिहरुको क्षमता विकास तथा सञ्चार क्षमताको विकासलाई अभिवृद्धि गर्ने उद्देश्यले ३ दिने तालिमको आयोजना गरेको थियो ।

    images

    तालिमको समापनका अवसरमा बोल्दै नगरप्रमुख दिलीपप्रताप खांँणले प्रत्येक व्यक्तिले आफ्ना क्षमता तथा नेतृत्व विकास गर्न आवश्यक रहेको भन्दै तालिमलाई व्यवहारमा कार्यान्वयन गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । प्रमुख खांणले समय अनुकूल आँफूलाई बदल्न जरुरी रहेको र बढ्दो सूचना प्रविधिको युगमा सञ्चारको महत्व बुझ्न आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले  निर्वाचित महिला जनप्रतिनिधिहरु अन्य दिदीबहिनीहरुको लागि प्रेरणा बन्नुपर्ने भन्दै हामी महिलाहरुले आत्मविश्वासलाई दृढ राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, प्रशिक्षक पत्रकार महासंघ कास्कीका उपाध्यक्ष बिमला भण्डारी, सहभागीकातर्फबाट वडा नं. २ की वडा सदस्य मैना कोईराला लगायतले तालीम निकै फलदायी रहेको बताउनुभएको थियो । १४ वटै वडाका जनप्रतिनिधि महिलाहरुसहित ३० जना महिलाहरुको सहभागिता रहेको तालीममा प्रशिक्षक भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

    सामाजिक विकास समिति संयोजक युगमाया पंगेनीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले गर्नुभएको थियो । 

    मंगलवार, माघ २० २०७७०७:०७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend