Logo

आइतवार, कार्तिक २ गते २०८३

images

टुँडिखेलमा नागरिक घोषणापत्र सार्वजनिक गरिने

टुँडिखेलमा नागरिक घोषणापत्र सार्वजनिक गरिने

  • PNN Times
  • बुधवार, माघ २१ २०७७


  • काठमाडौँ — प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनले फागुन ७ गते टुँडिखेलमा नागरिक घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

    शोभाभगवतीमा मंगलबार सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठको सालिक अघि गरिएको कार्यक्रममा पत्रकार तथा लेखक नारायण वाग्लेले घोषणापत्र सार्वजनिक गरेपछि नयाँ आन्दोलनको उभार आउने बताए ।

    images

    शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु र धर्मभक्त माथेमालाई फाँसी दिइएको सिफल चौरमा आन्दोलनका कार्यक्रम गरेर मंगलबार नागरिक आन्दोलन शोभाभगवती पुगेको थियो ।

    नागरिक अगुवा वाग्लेले चार जनाको सहादत र हजारौं नेपालीको योगदानपछि ७० वर्षअघि प्राप्त प्रजातन्त्रको इतिहास पुनर्व्याख्या गर्दै कहाँ–कहाँ नागरिक अधिकार दमन र कुण्ठित गरियो भनेर पुनर्प्रश्न गर्नुपर्ने आवश्यकता औंल्याए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि पशुपति मन्दिरस्थित शिवलिंगमा सुनको जलहारी हाल्न पैसा दिने उद्घोष गरेर राज्यकोष लुट्न लागेको टिप्पणी वाग्लेले गरे । वाग्लेले राणा शासनमा ठूला–ठूला दरबार वरपर हिँड्न कर्फ्यु लगाइएजस्तै अहिले निषेधाज्ञा लगाइएको उल्लेख गरे । ‘फागुन ७ मा टुँडिखेलमा भेला भएर ७० वर्षयताको एक–एक हिसाब माग्नुपर्छ,’ उनले भने ।

    प्रकाशित : माघ २१, २०७७

    बुधवार, माघ २१ २०७७०४:३७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend