Logo

आइतवार, कार्तिक २ गते २०८३

images

उपत्यकामा प्रदर्शनकारीले ट्याक्सी जलाए, ६० जना नियन्त्रणमा

उपत्यकामा प्रदर्शनकारीले ट्याक्सी जलाए, ६० जना नियन्त्रणमा

  • PNN Times
  • बिहिवार, माघ २२ २०७७


  • उपत्यकामा प्रदर्शनकारीले ट्याक्सी जलाए,  ६० जना नियन्त्रणमा

    काठमाडौँ — राजधानीको गोंगबूमा दाहाल-नेपाल समूहका कार्यकर्ताहरुले पार्किङ गरेर राखिएको ट्याक्सी जलाएका छन् । महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहका अनुसार प्रदर्शनकारीहरुले प्रदेश नम्बर ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका हुन् ।

    Capture.PNG
     
    यस्तै बिहान ७ बजेसम्म बन्द गराउँदै हिँडेका दाहाल-नेपाल समूहका ६० जना कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । एसएसपी सिंहका अनुसार उनीहरुलाई अवाञ्छनीय गतिविधि र बन्द गराउँदै हिँडेको आरोपमा पक्राउ गरिएको हो ।
    Capture.PNG
    यस्तै, प्रदर्शनकारीहरुले जय बागेश्वरीमा एउटा गाडीको सिसा फुटाएको एसएसपी सिंहले जानकारी दिए ।
     

    बिहिवार, माघ २२ २०७७१०:५८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend