माघ २२, स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा रहेको कालिका सामुदायिक अस्पतालमा ताला लगाईएको छ । भीरकोट नगरपालिका वडा नम्बर ७ तिलारका यामबहादुर खाम्चाकी ५ महिनाकी छोरी लोककुमारी खाम्चाको मृत्यु भएपछि अस्पतालमा ताला लगाइएको हो ।
५ महिनाको छोरी बिरामी भएपछि परिवाले उपचारको लागि कालिका अस्पताल पुर्याएका थिए । अस्पतालमा डाक्टर समयमा उपस्थीत नभएको र पछि रिफर गरी जिल्ला अस्पताल पठाउदा बाटो मै बालिकाले ज्यान गुमाउन परेको भन्दै आफन्तले अस्तालमा ताला लगाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिनु भयो ।
यता अस्पताल प्रसाशनले भने अस्पतालमा सेक्युरीटी गार्ड नभएको कारण डाक्टर क्वाटरमा बस्ने गरेको र क्वाटरबाट आउदा केही समय लागेको जानकारी दिएको छ ।
बालिकाको अवस्था सिरीयस भएको र धड्कन नाप्ने मेसिन बिग्रेको कारण डाक्टरले जिल्ला अस्पताल स्याङ्जा रिर्फर गरेको कालिका सामुदायिक अस्पतालका प्रशासकिय अधिकृत छायादत्त रेग्मीले जानकारी दिनु भयो ।