Logo

आइतवार, कार्तिक २ गते २०८३

images

रामेछापमा आमहड्तालको नयाँ शैली : बन्दकर्ताले गरे बजार सरसफाई

रामेछापमा आमहड्तालको नयाँ शैली : बन्दकर्ताले गरे बजार सरसफाई

  • PNN Times
  • बिहिवार, माघ २२ २०७७


  • रामेछापमा आमहड्तालको नयाँ शैली : बन्दकर्ताले गरे बजार सरसफाई

     आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड-माधव समूहले आमहड्ताल सफल बनाउन मन्थलीमा नयाँ शैली अपनाएका छन्। प्रचण्ड-नेपाल समूहले सरकारको विरोधमा आम हड्ताल सफल पार्न आग्रह गर्दै बिहीबार बिहान मन्थली बजारको सडक सफाई गरेका हुन्। प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधिन भएको अवस्थामा सरकारले संवैधानिक नियुक्ति र जिम्मेवारी दिएपछि यो समूह आन्दोलित बनेको छ।

    नेकपाका रामेछाप जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य देवशंकर पौडेल, सह ईञ्चार्ज श्यामकुमार श्रेष्ठ, जिल्ला अध्यक्ष मैनकुमार मोक्तान, पूर्वसांसद तारानाराण श्रेष्ठसहितका जिल्लाका शीर्ष नेता तथा कार्यकर्ताहरुले बजार सरसफाई गरेका हुन्।

    images

    उनीहरुले झाडु, कुचो लिएर सडक सफाईमा लागेपछि स्थानीयले पनि सहयोग गरेका थिए। बन्दकर्ताहरुले बजार सरसफाई पश्चात सडकको बीचमा बसेर नाचगान र प्रदर्शन गरिरहेका छन्। 

    विराटनगरमा पसल सञ्चालन गरेको भन्दै बन्द गर्न पुगेको दाहाल–नेपाल समूहका कार्यकर्ताले चियानास्ता पसलमा काम गरिरहेका माथि उम्लिइरहेको तातो तेल खन्यादिएका छन्। दाहाल–नेपाल समूहका नाममा घटाइएको क्रुरतापूर्ण घटनामा परेर दुई महिला घाइते भएका छन्। भने बन्दको अवज्ञा गरेको भन्दै कतै तोडफोड त काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको घटना सार्वजनिक भइरहेका छन्। तर रामेछापमा बन्दले जनजीवन प्रभावित बनेपनि सरसफाई गरेर रचनात्मक रुपमा विरोध गरिएकोमा प्रशंसा गरिएको छ।

    जिल्लामा आज सवारी साधन ठप्प हुँदा सरकारी कार्यालयहरु खुलेपनि बन्दका कारण सेवाग्राहीको उपस्थिति न्यून रहेको छ। बजारका पसलहरु बन्द रहेका छन्। बजारका मुख्य स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

    पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपाको एउटा समूह सडकमा पुगेको छ। अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले संसद विघटनको विरोधमा सडक आन्दोलन चर्काएको हो।manthali-banda2_20210204081921.jpg

    तस्बिरहरु  : सामाजिक संजालबाट

    बिहिवार, माघ २२ २०७७०५:१८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend