Logo

शनिवार, कार्तिक १ गते २०८३

images

 संघीयता विकासका लागि-मन्त्री बस्नेत

 संघीयता विकासका लागि-मन्त्री बस्नेत

  • PNN Times
  • आइतवार, माघ २५ २०७७


  •  संघीयता विकासका लागि-मन्त्री बस्नेत

    माघ २५, पैयूँ ।  गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले देश विकास गर्नको  लागि संघीयता ल्याएको  बताउनुभएको छ । पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा पैयूँखोला कृषि सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले संघीयता विकासको लागि ल्याएको भन्दै यसपछि देशमा धेरै परिर्वतन आएको बताउनु भयो ।

    नागरीकलाई अति अवश्यक पर्ने शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पुल लगायतको आधारभूत आवश्यकताहरु  पूरा गर्न संघियता ल्याएको र गण्डकी प्रदेश सरकारले सोही अनुसार काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले गण्डकी प्रदेशलाई उज्यालो प्रदेश, एक घर एक धारा, एक निर्वाचन क्षेत्र एक सडक बनाउने गरी सुरु देखिनै आँपूmहरुले काम गरेको बताउनु भयो । 

    कार्यक्रममा पैयूँगाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले  गाउँपालिकाको ठुला समस्याबारे प्रदेश सरकारले सम्बोधन गर्नृुपर्नेमा जोड दिनुभएको थियो । उहाँले गाउँपालिका भित्र खानेपानी, सिंचाई, सडक लगायतका क्षेत्रमा रकम अभावका कारण काम हुन नसकेको भन्दै मन्त्री बस्नेतको ध्यान आकर्षण गराउनु भयो ।

    images

    kk.jpg

    साथै मन्त्री बस्नेतले पैयूँखोला कृषि सहकारी संस्थाले सुरु गरेको नमुना कागति खेतिमा आवश्यक सिंचाईको लागि आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

    आइतवार, माघ २५ २०७७०८:०७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend