Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मन्त्री बस्नेतद्वारा पैयूँको सुरक्षित वस्ती निर्माणको अवलोकन  

मन्त्री बस्नेतद्वारा पैयूँको सुरक्षित वस्ती निर्माणको अवलोकन  

  • PNN Times
  • आइतवार, माघ २५ २०७७


  • मन्त्री बस्नेतद्वारा पैयूँको सुरक्षित वस्ती निर्माणको अवलोकन  
    माघ २५, पैयूँ ।  गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले सुरक्षित वस्ती निर्माणको अवलोकन गर्नु भएको छ । मन्त्री बस्नेतले पर्वतका पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोकमा द निर्भीक फाउन्डेशनले सुरु गरेको सुरक्षित वस्ती निर्माणको अवलोकन गर्नु भएको हो ।
     
    पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भए पछि वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेसन” ले निर्माणको काम सुरु गरेको हो ।
     
    111.jpg
     
    सोही वस्ती निर्माण कार्यको आईतबार मन्त्री बस्नेतले अवलोकन गर्दै गण्डकी प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनु भयो । उहाँले मानव जिवन रक्षाको लागि फाउन्डेशनले सुरु गरेको काम प्रसंसा गर्नु भयो । सरकारले गर्नु पर्ने काम फाउन्डेशनले सुरु गरेको छ यो साह्रै खुसीको कुरा हो मन्त्री बस्नेतले भन्नु भयो आवश्यक प्रकृया मिलाएर गण्डकी प्रदेश सरकारले सहयोग गर्ने छ । 
    147310387_419462032474960_236528979240297474_n.jpg

    “द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । 
     
    147465399_1044310642746271_4298308985167502486_n.jpg

    आइतवार, माघ २५ २०७७०८:२४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend