Logo

आइतवार, कार्तिक २ गते २०८३

images

गोली प्रहार गरी छोरीको हत्या गर्ने बाबु प्रहरी नियन्त्रणमा

गोली प्रहार गरी छोरीको हत्या गर्ने बाबु प्रहरी नियन्त्रणमा

  • PNN Times
  • मंगलवार, माघ २७ २०७७


  • गोली प्रहार गरी छोरीको हत्या गर्ने बाबु प्रहरी नियन्त्रणमा

    बैतडी — छोरीलाई गोली प्रहार गरी हत्या गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बैतडीको पुरचौर्डी नगरपालिका-१० विजयपुरका ५२ वर्षीय धनबहादुर महराले गत शनिबार २० वर्षीया छोरी बेलमतीलाई गोली प्रहार गरी भागेका थिए ।भरुवा बन्दुकसँगै भागेका उनले आफ्नो घरको छानोमासमेत शनिबार राति आगजनी गरेका थिए । घटना भएकै दिनबाट प्रहरीले उनको खोजी गरिरहेको थियो ।

    मंगलबार उनलाई दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ८ मल्लेखमा स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए ।

    images

    महरालाई जिल्ला प्रहरी कार्यालय ल्याएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक धामीले बताए । घरायसी विवाद हुँदा छोरी गोली हालेको प्रारम्भीक जानकारी भएको उनले बताए ।

    मंगलवार, माघ २७ २०७७०४:३७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend