Logo

शनिवार, कार्तिक १ गते २०८३

images

समाज सेवी युवा नेता न्यौपानेद्वारा जन्मदिनको अवसरमा पहिरो पिडितलाई आर्थीक सहयोग प्रदान

समाज सेवी युवा नेता न्यौपानेद्वारा जन्मदिनको अवसरमा पहिरो पिडितलाई आर्थीक सहयोग प्रदान

  • PNN Times
  • बुधवार, माघ २८ २०७७


  • समाज सेवी युवा नेता न्यौपानेद्वारा जन्मदिनको अवसरमा पहिरो पिडितलाई आर्थीक सहयोग प्रदान

    माघ २८, पैयूँ ।  पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि समाजसेवी  प्रकाश न्यौपानेले आर्थिक सहयोग  प्रदान गर्नु भएको छ । न्यौपानेले  आफ्नो जन्मोत्सवको अवसरमा पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।

    111.jpg

    images

    उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई तिन हजार तिन सय तेत्तिस (३,३३३/-) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो । पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवास निर्माणको काम सुरु गरेको छ ।

    image_6487327 (7).JPG

    पैयूँ गापा वडा नम्बर ४ का वडा सदस्य बाबा मोतिलाल न्यौपाने र आमा कौशला भुर्तेल न्यौपानेको कान्छो छोरा एंवम बुटवल सिद्धबाबा अस्पतालका प्रशासन प्रमुख र सिर्जनशिल युवा समाजका सल्लाहकार समाजसेवी युवा नेता प्रकाश न्यौपानेले आफ्नो ठाउँमा रहेको जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थ सुरु गरिएको अभियानलाई आफुले सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको समाजसेवी न्यौपानेले बताउनु भयो । उहाँले आफुले यसरी सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको समेत बताउनु भयो ।

    हरेक जन्मदिनमा आफुले यसरी नै आपत वितप र दुखमा रहेकालाई सहयोग गरेर जन्मदिन मनाउने गरेको न्यौपानेले बताउनुभयो ।  “द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।  

    खाता नम्बर  AC Name : The Nirbhik Foundation Bank Name : Garima Bikas Bank Waling Branch AC No : 00100100855183000001

    बुधवार, माघ २८ २०७७०७:१६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend