माघ २८, पैयूँ । पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि युवा समाजसेवी सुसिल भुर्तेलले आर्थिक सहयोग प्रदान गर्नु भएको छ । भुर्तेलले आफ्नो जन्मोत्सवको अवसरमा आफ्नो गाउँ पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।

उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई पाचँ हजार (५,०००/-) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।
पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवास निर्माणको काम सुरु गरेको छ ।

पैयूँ गापा वडा नम्बर ५ घर भएका बाबा मुनि प्रसाद भुर्तेल र आमा भुवानी कुमारी शर्माको, कान्छो छोरा एंवम द निर्भीक फ़ाउन्डेशनका सदस्य र १०० ग्रुप गण्डकी प्रदेशको अध्यक्ष, नेपाल विद्यार्थी संघ काठमाण्डौ सम्पर्क मञ्चको उपाध्यक्ष भुर्तेले आफ्नो ठाउँमा रहेको जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थ सुरु गरिएको अभियानलाई आफुले सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको भुर्तेलले बताउनु भयो उहाँले आफुले यसरी सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको समेत बताउनु भयो ।
हरेक जन्मदिनमा आफुले यसरी नै आपत वितप र दुखमा रहेकालाई सहयोग गरेर जन्मदिन मनाउने गरेको भुर्तेलले बताउनुभयो।
“द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ । खाता नम्बर AC Name : The Nirbhik Foundation Bank Name : Garima Bikas Bank Waling Branch AC No : 00100100855183000001