पर्वत समाज बेल्जियमकी उपाध्यक्ष दुर्गा तिवारीले अध्यागमनले ४० वर्ष मुनिका महिलाहरू विदेश जान परिवार र वडाको सिफारिस आवश्यक पर्नेगरी ल्याएको प्रस्ताव नै गलत रहेको बताउनु भएको छ महिलाहरुको हक अधिकार हनन हुने गरि नेपाल सरकार समक्ष अध्यागमनले पेस गरेको प्रस्तावले नै महिलाहरुको अधिकारमा आघात पुर्याएको तिवारीको भनाई छ ।
नेपालमा राजनीतिक कारण कुनै पनि विधि प्रणाली गतिलो नभएकाले नेपाली दाजुभाई तथा दिदी बहिनिहरु आफ्नो जिविकोपार्जनका लागि विदेशिन बाध्य हुन परेको हो तिवारीले भन्नु भयो तर यही कुरालाई लिएर महिला माथि अंकुश लाउन खोज्नु गलत हो ।
उहाँले नेपालको जनसंख्याको आधा हिस्सा भन्दा बढी रहेको महिलाहरुको हक अधिकारलाई दमन गर्न लागेकोमा बिरोध जनाउदै अध्यागमनले ल्याएको प्रस्ताव आफुहरुले कुनै हालतमा नमान्ने उल्लेख गर्नुभयो। ४० बर्ष मुनिका महिलाहरु विदेश जानका लागि वडाको सिफारिस चाहिने कुरा मान्य छैन भन्दै उपाध्यक्ष तिवारीले सबै महिलाहरुलाई विभेदकारी कदमका विरुद्ध एक भएर आफ्नो नैसर्गिक अधिकारको लागि आवाज उठाउन आग्रह गर्नु भएको छ ।