माघ २८, पैयूँ । पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि समाजसेवी पिताम्बर न्यौपाने आर्थिक सहयोग प्रदान गर्नु भएको छ । न्यौपाने आमा कौशिला न्यौपानेको सम्झनामा पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।

उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई १६ सय (१६००/-) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो । पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवास निर्माणको काम सुरु गरेको छ ।
पैयूँ गापा वडा नम्बर ५घर भएका शर्मा बाबा स्व.चुमाकान्त न्यौपाने र स्व.आमा छोरा हुन। आफ्नो ठाउँमा रहेको जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थ सुरु गरिएको अभियानलाई आफुले सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको न्यौपाने बताउनु भयो । उहाँले आफुले यसरी सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको समेत बताउनु भयो ।
“द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।
खाता नम्बर AC Name : The Nirbhik Foundation Bank Name : Garima Bikas Bank Waling Branch AC No : 00100100855183000001