फाल्गुन १ । पैयूँ । पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि समाजसेवी सुनिल तिवारीले आर्थिक सहयोग प्रदान गर्नु भएको छ । तिवारीले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।
उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई पाँच हजार (५०००/-) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।
पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवास निर्माणको काम सुरु गरेको छ ।
समाजसेवि एंव विद्यार्थी तिवारी पर्वत ईन्नोभेटिभ सोसाईटिका सचिव हुनुहुन्छ । बुबा राजु तिवारी आमा लिला देवीको कान्छो छोरा तिवारीको घर
पैयूँ गाँउपालिका वडा नम्बर ६ सरौखोला हो ।

हाल अस्ट्रेलियामा अध्यनरत समाज सेवामा धेरै महत्वपूर्ण काम गर्दै आउनु भएको छ ।
सानै देखि सामाजिक काममा सक्रिय तिवारीले
थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
आफ्नो ठाउँमा रहेको जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थ सुरु गरिएको अभियानलाई आफुले सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको तिवारीले बताउनु भयो ।

“द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमाविकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ।
खाता नम्बर :
AC Name : The Nirbhik Foundation
Bank Name : Garima Bikas Bank Waling Branch
AC No : 00100100855183000001