Logo

आइतवार, कार्तिक २ गते २०८३

images

गरिमा बिकास बैंकको अध्यक्षमा -बस्याल

गरिमा बिकास बैंकको अध्यक्षमा -बस्याल

  • PNN Times
  • शनिवार, फाल्गुण १ २०७७


  • गरिमा बिकास बैंकको अध्यक्षमा -बस्याल

    फाल्गुन १ । पोखरा । गरिमा विकास बैंकको शुक्रबार पोखरामा भएको १४ औं साधारणसभाबाट श्यामप्रसाद बस्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
    स्याङ्जा जिल्ला गल्याङ नगरपालिका - ३ घर भएका बस्याल बैंकको स्थापना काल देखी संचालक समितिमा रहदै आउनु भएको थियो । संस्थापक शेयरधनी समुहतर्फ ३ जना र सर्वसाधारण शेयरधनी समुहतर्फबाट ३ जना गरि बनेको ६ जनाको संचालक समितीको पहिलो बैठकले बस्याललाई अध्यक्ष निर्वाचित गरेको थियो ।

    १४ औं बार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समुहतर्फ संचालकमा श्यामप्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित हुनुभएको हो । 

    ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुंजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनश शेयर वितरण पश्चात् चुक्ता पुंजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । साधारण सभाको लागि यहीँ माघ १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा माघ ११ गते सम्मका यस विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन । 

    काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन ।

    images

    शनिवार, फाल्गुण १ २०७७१०:२२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend