फाल्गुन २, पैयूँ । पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि समाजसेवी युवा श्याम तिवारीले आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।तिवारीले आफ्नो जन्मोत्सवको अवसरमा पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षितआवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।
उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई दुई हजार पाँच (२००५/-) रुपैयाँआर्थिक सहयोग गर्नु भएको हो ।
पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोकोकारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवासनिर्माणको काम सुरु गरेको छ ।
पैयूँ गापा वडा नम्बर ५ घर भएका तिवारी बाबा डिलु प्रसाद तिवारी र आमा डिला तिवारीका कान्छा छोरा हुनुहुन्छ । उहाँले आफ्नो ठाउँमा रहेकोजोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थ सुरु गरिएको अभियानलाई आफुले सहयोग गरेरगरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको तिवारीले बताउनु भयो ।
उहाँले सधै यसरी नै जन्म दिन गरीब दुखीलाई सहयोग गरेर मनाउने गरेको बताउनु भयो ।
“द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमाविकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ।
खाता नम्बर
AC Name : The Nirbhik Foundation
Bank Name : Garima Bikas Bank Waling Branch
AC No : 00100100855183000001