फागुन ५, काठमाण्डौ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वत सम्मानित भएको छ । नेपाल पत्रकार महासंघलेले २६ औंअघिवेशनको अवसरमा पर्वतलाई सम्मान गरेको हो ।
महासंघको गतिविधि व्यापक र प्रभावकारी बनाउन योगदान गरेको भन्दै बुधबार सम्मान गरेको हो ।
कार्यक्रममा सञ्चार तथा सुचना प्रविधी मन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतका अध्यक्ष छविलालतिवारीलाई सम्मान पत्र प्रदान गर्नु भएको हो ।
सोही अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतका सदस्य एंव कान्तिपुर टेलिभिजनका पर्वत संवाददाता रामकृष्णलामीछाने कोरोना संक्रमण विपद पत्रकारिता पुरस्कार बाट पुरस्कृत भएका छन ।