Logo

शनिवार, कार्तिक १ गते २०८३

images

ईलाका प्रशासन पैयूँमा कर्मचारी नहुदा नागरिकता बनाउन सदरमुकाम जान पर्ने बाध्यता

ईलाका प्रशासन पैयूँमा कर्मचारी नहुदा नागरिकता बनाउन सदरमुकाम जान पर्ने बाध्यता

  • निर्भीक नारायण भुर्तेल
  • शुक्रवार, फाल्गुण ७ २०७७


  • ईलाका प्रशासन पैयूँमा कर्मचारी नहुदा नागरिकता बनाउन सदरमुकाम जान पर्ने बाध्यता

    फागुन ७। पैयूँ । बिहादीका  दिपक पराजुली र उनकी श्रीमती सुस्मा पराजुली नागरिकता बनाउन ईलाका प्रशासन कार्यालय हुवास पैयूँमा आए । तर प्रशासनमाकार्यालय प्रमुख नहुदा उनिहरुले नागरिकता बनाउन पाएनन।

    उनिहरु यसरी कार्यालय आउन र फोन गर्न थालेको ५/७ दिन भयो ।दिपक र सुस्मा  जस्तै दक्षिण पर्वतका २०/३० जना नागरिक दैनिक ईलाका प्रशासन कार्यालय आउने र फर्कने गरेका छन ।

    images

    इलाका प्रशासन प्रमुख रिवन्द्र पौडेलको सुरुवा भए पछि पौष २६ गते देखी कार्यालय प्रमुख बिहिन छ । जसको कारण नागरिकले नागरिकता, पासपोर्ट लगायतका काम गर्न पाएका छैनन।

    दक्षिण पर्वतका तिन पालिका पैयूँ, महाशिला र बिहादी गाउँपालिकाका नागरिकको सेवा सुविधाको लागि पैयूँ गाउँपालिका वडा नम्बर-४, हातेमालो चोकमा रहेको इलाका प्रशासन कार्यलय हुवासमा कार्यालय प्रमुख नहुदा समस्या परेको हो ।

    दैनिक २०/३० जना नागरिक कार्यालय आउने उनिहरुलाई फर्काउन बाध्य भएको कार्यालयका कर्मचारी (नासु) लिला बल्लौ काफ्लेले बताए ।तत्काल नागरिकता चाहिने नागरिक कुश्मा जाने गरेको उनले जानकारी दिए ।

    एक महिना देखी कार्यालय प्रमुख नहुदा नागरिकले दुख पाएको बारे प्रमुख जिल्ला अधिकारीलाई सोध्दा गृह मन्त्रालयले कर्मचारी नपठाउदा दुख भएको बताए ।

     

     

     

     

    शुक्रवार, फाल्गुण ७ २०७७१०:१८:१८

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend